३ आश्विन २०८१, बिहिबार | September 20, 2024

प्रचण्ड र प्रभुरामलाई हप्तादिन हाइसञ्चो


December 13, 2023
1.6k
Shares

काठमाडौं, २७ मंसिर । एनसेल प्रकरणमा दबाबमा परेका प्रधानमन्त्री प्रचण्डलाई संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बोलाएको थियो २५ मंसिरमा । तर, समितिले मिति पछि धकेलेको छ । एनसेल कर छलीमा प्रधानमन्त्री प्रचण्ड र उनको परिवारको संलनग्ताको विषय उठिरहँदा उनी खरो प्रश्न र प्रमाणहरुको सामना गर्नुपर्ने चुनौतीमा थिए ।

मिति सारेर ३ पौषमा राखेपछि प्रचण्डलाई एक हप्ता हाइसञ्चो भएको छ । एनसेल प्रकरणलाई सामसुम पार्न ठूलै चलखेल भइरहँदा संसदीय समितिले प्रधानमन्त्रीलाई डाक्ने मिति समेत धकेलिदिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्मा पनि बढुवा गरिएका रथी अशोक सिग्देलको जन्ममिति केरमेट प्रकरणले विवादमा परेका छन् । फाष्ट ट्रयाकको काम समयमै गर्न नसकेर सेना समस्यामा छ । यसबारे उनलाई पनि समितिले जवाफका लागि बोलाएको थियो २७ मंसिरमा । यसको पनि मिति सारेर ४ पौष बनाइएको छ ।

सुनुवाई समितिमा प्रधानमन्त्री र प्रभुराम शर्मालाई डाकिएकोमा मिति सारिनुमा एमालेको संकल्प यात्रा भनिएको छ । तर, देशको यति जल्दोबल्दो विषय छाडेर एमाले अर्कै यात्रामा अलमलिनुले आशंका जन्माएको छ ।

प्रतिक्रिया