६ आश्विन २०८१, आइतबार | September 22, 2024

कांग्रेस निकट महिला संघद्धारा बृहत् स्वास्थ्य शिविर सम्पन्न


December 11, 2023
1.1k
Shares

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको भातृसंगठन नेपाल महिला संघ केन्द्रीय कार्यालयले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

संघको केन्द्रीय कार्यालय धापासीमा आइतबार (पुस २४) गते सम्पन स्वास्थ्य शिविरमा महिला र पुरुष गरि १०२ जनाले स्वास्थ्य जाँच गरेको संघकी केन्द्रीय सदस्य चिनु पोखरेलले जानकारी दिइन् ।

संघले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ,महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने मूल नाराको साथ महिलाको स्तन क्यान्सर,मधुमेह तथा रगत परीक्षण सम्बन्धि जाँच गर्न शिविर सञ्चालन गरेको हो । शिविरमा मेडिकल टीमका पाँचजना चिकित्सकहरुको टोलीले स्वास्थ्य जाँच गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल महिला संघकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहकी बुहारी एवं नेपाली काँग्रेस काठमाडौंकी नेतृ सिर्जना सिंहले महिलाहरुलाई स्तन क्यान्सरबाट बच्न र बचाउँन सकिन्छ भन्ने सचेतनामूलक कार्यक्रम संघले आयोजना गरेको भन्दै धन्यवाद दिएकी थिइन् । यस्ता कार्यक्रमले महिला आफै सचेत हुने पनि उनको भनाइ थियो ।

त्यस्तै,संघकी वर्तमान केन्द्रीय अध्यक्ष उषा रावल मिश्रले छोटो समयमा वृहत् स्वास्थ्य शिविर राख्न सफल भएको भन्दै सहयोगी हातहरु सबैलाई धन्यवाद दिइन् । राष्ट्रिय वाणिज्य बैंक, आस्था हेल्थ होम केयर, ग्रामीण महिला सचेतना कल्याण सेवा केन्द्रले स्वास्थ्य शिविर कार्यक्रमलाई प्रायोजन गरेको थियो ।

पोखरेलका अनुसार स्वास्थ्य जाँच गरेपछि महिलाहरुको स्तन क्यान्सरको बारेमा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन पनि गरिएको थियो । साथै शिविर सम्पन्न भएपछि भएको छलफलले आगामी दिनहरुमा पनि रचनात्मक र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै कार्यहरु अघि सार्ने निर्णय गरेको छ ।

प्रतिक्रिया