महिला संघको बृहत स्वास्थ्य शिविर आज

काठमाडौं,२४ मंसिर । नेपाली कांग्रेस निकट नेपाल महिला संघले आज बृहत स्वास्थ्य शिविर आयोजना गरेको छ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा महिला संघ केन्द्रीय कार्य समितिले स्वास्थ्य शिविर ११ बजे केन्द्रीय कार्यालय धापासीमा आयोजना गरेको हो ।
‘लैगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ नारासहित संघले आज स्तन क्यान्सर,मधुमेह तथा रगतसँग सम्बन्धित जाँच लगायत चेतनामुलक कार्यक्रम गर्न लागेको अध्यक्ष उषा मिश्रले बताइन् ।