४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

अमरेशको प्रश्नः एनसेल प्रकरणमा खरबौं भ्रष्टाचार हुँदा रवि लामिछाने कहाँ गए ?


December 3, 2023
664
Shares

काठमाडौं, १७ मंसिर । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले एनसेल प्रकरणमा दशौं अर्बको भ्रष्टाचार हुँदा रवि लामिछाने मलेशिया जानुलाई रहस्यमय भनेका छन् । उनले देशको राजनीति नै भ्रष्टीकरण भएकोले एनसेलले ६० अर्बभन्दा बढी कर छल्न सकेको टिप्पणी गरे ।

‘एनसेलमा खरबौं भ्रष्टाचार हुँदा कहाँ गए रवि लामिछाने ?’ सिंहले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत् प्रश्न गरे । उनले तीन दिन भइसक्दा पनि लामिछाने मौन हुनुलाई रहस्यमय भने ।

एनसेल प्रकरणमा नेताहरुको घरमा अरबौं पुगेको भन्दै लामिछानेले पनि हात पारेको हुनसक्ने संकेत गरे ।

सिंहले यसो भनिरहँदा लामिछाने भने आफ्ना विश्वासपात्रसहित मलेशिया छन् । उनले लामिछानेमाथि गम्भीर प्रश्न उत्रिएको बताए ।

देशको न्यायालय नै किन्न खोजिएकोतर्फ औल्याए । ठूलै माफिया लागेर देशलाई बर्बाद पार्न खोजिएको बताए ।

प्रतिक्रिया