३ आश्विन २०८१, बिहिबार | September 19, 2024

नेपाल र भारतबीच परियोजना पोर्टफोलियो कार्यसम्पादन समीक्षा बैठक


December 1, 2023
332
Shares

काठमाडौं, १५ मंसिर । नेपाल र भारतबीच विविध सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) का साथै अनुदान सहयोगमा भारत–नेपाल विकास सहकार्य ढाँचा अन्तर्गत विभिन्न क्षेत्रमा सञ्चालन भइरहेका परियोजनाबारे छलफल भएको छ । शुक्रबार अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय राजदूत नवीन श्रीवास्तवबीचको टोलीबीच छलफल भएको हो ।

बैठकमा नेपाल र भारतबीच भविष्यमा हुनसक्ने सहकार्यका सम्भावित क्षेत्रहरुबारे पनि छलफल भएको थियो ।

बैठकमा अर्थमन्त्री महतले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नेपालको विकास प्रयासलाई अघि बढाउन भारत सरकारले खेलेको महत्वपूर्ण भूमिकाबारे प्रकाश पारेका छन् । अन्य सम्भावित क्षेत्रमा पनि यो सहयोगलाई थप अभिवृद्धि गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।

राजदूत श्रीवास्तवले भारतको नेपालसँगको बलियो विकास सहकार्यबारे जानकारी गराउनुका साथै भविष्यमा नेपाल सरकारले तोकेको प्राथमिकता अनुसार विकास सहकार्यमा नेपाललाई सघाउन र नेपाल सरकारसँग काम गर्न भारत सरकार प्रतिबद्ध रहेको बताए ।

अर्थ मन्त्रालय र भारतीय राजदूतावासबीच शुक्रबार परियोजना पोर्टफोलियो कार्यसम्पादन समीक्षा बैठक भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतसहितको नेपाली टोली र भारतीय राजदूत नवीन श्रीवास्तवले नेतृत्व गरेको भारतीय टोलीबीच बैठक भएको हो ।

बैठकमा परियोजना कार्यान्वयनमा संलग्न नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवम् निकायका प्रतिनिधिका साथै भारतीय राजदूतावासका सम्बन्धित अधिकारी तथा कर्मचारीको सहभागीता रहेको थियो ।

भारत नेपालको सबैभन्दा ठूलो र प्रमुख विकास साझेदार हो । सन् १९५१ मा सुरु भएको भारत–नेपाल विकास साझेदारी विगत सात दशकमा झनै फैलिएको छ र निरन्तरता पाएको छ । विकास साझेदारी अन्तर्गतका परियोजनाहरु भौगोलिक रुपमा नेपालभर फैलिएका छन् र आकार र क्षेत्रका हिसाबले अलग छन् ।

प्रतिक्रिया