८ असार २०८१, शुक्रबार | June 21, 2024

मोदीयुगमा अमेरिका-भारत टु प्लस टु संवाद


November 28, 2023
1.5k
Shares

विपिन देव: टु प्लस टु सम्वाद भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कूटनीतिक अस्त्रको रूपमा लिइन्छ । सन् २०१६ देखि नै भारतले टु प्लस टु कूटनीतिको सुरूवात गरेको छ । टु प्लस टु सम्वादमा रक्षा मन्त्री र परराष्ट्र मन्त्रीको सहभागिता हुने गर्दछ । तदनरूप भारतले टु प्लस टु सम्वाद अमेरिका, जापान, अष्ट्रलीया र रसीयासंग परिचालित गरेको छ । सन् २०२३ नोभेम्बर ११ मा भारत अमेरिका विच भएको टु प्लस टु सम्वादको वारेमा संसारका नामुद सञ्चार गृहहरूले भारत अमेरिकी सम्वन्धको विभिन्न आयामहरूलाई आलोकित गर्दै समाचार सम्प्रेषण गरेका छन् । अमेरिका भारतबीच भएको टु प्लस टु सम्वादले भारत अमेरिका बीच सम्बन्धको विभिन्न आरोह र अवरोहलाई समिक्षा गरेको देखिन्छ ।

वास्तवमा भारतका परराष्ट्र नीतिका प्रमुख नीतिकार पण्डित नेहरु अमेरिकाबाट सम्मोहित थिएनन् । भारत स्वतन्त्र हुन वित्तिकै संसारमा शीत युद्धको कुहिरो व्याप्त थियो । नेहरु साम्राज्यवाद र उपनिवेशवादका कटु आलोचक थिए । एसिया र अफ्रिकाका पिडित र प्रताडित मुलुकहरूको आवाजलाई ध्वनिकृत गर्दै नेहरु असंलग्न परराष्ट्रनीतिका प्रनेता थिए । तत्कालीन अमेरिकी राष्ट्रपति टुरुमेनले नेहरुलाई उच्च मूल्याकण गरेका थिए । ट्रमेन स्वंय विमास्थलमा आएर नेहरुलाई स्वागत गरेका थिए । यी हु‘दा हु‘दै पनि भारत अमेरिका सम्वन्धले उ‘चाई लिन सकेन ।

भारतलाई आधुनिकीकरण गर्न नेहरुले सोभियत रुससंग सघन सम्बन्ध बनाएका थिए । नेहरुको अमेरिकी नीतिको कटु आलोचक भीमराव अम्वेडकर थिए । भारतलाई समृद्ध बनाउन अमेरिकी पू‘जी र प्रविधि आवश्यक भएको कुरा अम्वेडकरको ठहर थियो । अम्वेडमर स्वंय अमेरिकी विश्व विद्यालयवाट शिक्षित र दिक्षित थिए । नेहरुको असंलग्न परराष्ट्रनीति भारत चीन विच सन् १९६२ युद्ध ताका प्रश्नको घेरामा आयो । तत्कालीन परिवेशमा चिनियाँ र आक्रमकतालाई प्रतिकार गर्न अमेरिकी सहयोगको टड्कारो आवश्यकता थियो । नेहरुले अमेरिकी राष्ट्रपति केनेडीलाई अपिल गरे । प्रजातान्त्रिक मूल्य र मान्यतालाई संरक्षण गर्ने आधारमा केनेडीले भारतलाई सहयोग गर्ने घोषण गरे । केनेडीको सहयोगका पछाडि केही शर्तहरू समेत थिए । अर्थात् केनेडीले भारतसंग सुरक्षा साझेदारी गर्न चाहन्थे । तदनरूप भारतको हवाई सुरक्षाको समेत जिम्मा लिन अमेरिका अभिलाशा प्रकट गरेका थिए ।

चीनसंग युद्धमा विगतमा भारतको कमजोर अवस्था हुँदा हुँदै पनि सामरिक स्वायतालाई मध्य नजर राख्दै भारतले अमेरिकासंग हवाई सुरक्षा सम्बन्ति सम्झौता गरेन । यो भारतीय परराष्ट्र नीतिको रोचक पक्ष हो । सोभियत संघसंग भारतको सघन सम्बन्ध भएता पनि सोभियत संघको सैनिक कारबाही र सैनिक हस्तक्षेपमा भारत सामेल भएको छैन । सायद सन् १९६२ मा भारत अमेरिकासंग सैन्य सम्झौता गरेको भए बङ्गलादेशको जन्म हुने थिए । सन् १९७१ ताका अमेरिका पाकिस्तानबीच कूटनीतिक सौहद्रता चुलिएको थियो । शित युद्धको वातावरणलाई पाकिस्तानले प्रचूर मात्रामा प्रयोग गरेका थिए । पाकिस्तानको चीनसँग पनि हाल भैm सघन सम्बन्ध थियो ।

सन् १९७१ तका भारतले पाकिस्तान विरुद्ध सैनिक कार्यवाय गर्दै वङ्गलादेशको जन्मको लागि आवशयक वातावरण निर्माण गरिसकेका थिए । सन् १९६२ ताको सहज सम्बन्ध सन् १९७१ ताका कटूता र शत्रुतामा परिणत भयो । अमेरिकाले भारत विरुद्ध संसारमा सर्वाधिक शक्तिशाली सैनिक जहाज “सेभेन फिलिट” परिचालित समेत गरिसकेका थिए । साथ साथै हिमाली भेगबाट चीनले समेत हुंकारबाट भारतलाई सैनिक दवाव दिइरहेका थिए । कूटनीतिका माहिर खेलाडी भारतका तत्कालीन प्रधान मन्त्री इन्दिरा गान्धी सोभियत रुससँग सन् १९७१ शान्ति सम्झौता गरीन् । अर्थात् कुनै पनि मुलुकले भारतलाई आक्रमण गरेको खण्डमा सोभियत रुसले प्रतिकार गर्ने सम्झौताको मनसाय थियो ।

अमेरिका र चीनको दवावको बाबजुत पनि इन्दिरा गान्धी बङ्गलादेशको धाई आमा बन्न सफल भइन । अमेरिका(भारत बीच सम्बन्धमा कटुता बढ्दै गयो । सन् १९७४ मा भारत आणविक परीक्षण समेत गरे जुन अमेरिकालाई पाच्य थिएन । सन् १९९८ मा भारतको आणविक परीक्षणले गर्दा अमेरिकाले भारत विरुद्ध आर्थिक नाकावन्दी समेत गरेका थिए । भारतका तत्कालीन परराष्ट्र मन्त्री जशवन्त सिंह र अमेरिकी अधिकारी टेलवोटको १६ पटको वार्ताले अमेरिकी भारत सुगम वाटोमा फर्के । वर्तमान परिवेश विलकुलै फरक देखिन्छ । सन् २००५ मा भारत अमेरिका विच न्यूकिलियर सम्झौता पश्चात भारत अमेरिकी सम्बन्धले नयॉ उचाई लिएको छ ।

अमेरिका भारतको सबभन्दा ठुलो व्यापािरक साझेदार रहेको छ । भारत अमेरिका विच २०० विलियन डलरको व्यापार रहेको छ । भारत अमेरिका विच लिमुवा र काममासा जस्ता अनेकौ सम्झौता भएको छ । तदनुरुप भारतले सैन्य उपकरण र प्रविधि अमेरिकाबाट प्राप्त गरेको छ । वर्तमाम परिवेशमा अमेरिकी विश्व विद्यालयमा २ लाख भारतीय विद्यार्थीहरू पठन पाठन गरिरहेको छ भने ४० लाख भारतीय मुलुका नागरिकहरूले अमेरिकाको विभिन्न क्षेत्रमा आप्mनो चहकिलो र गहकिलो योगदान गरिरहेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया