३ आश्विन २०८१, बिहिबार | September 20, 2024

कल्याण श्रेष्ठले यसरी चलाइरहेछन् न्यायपालिकामा समानान्तर सत्ता


November 27, 2023
61.5k
Shares

आलोक गौतमः सर्वोच्च अदालतमा अझै पनि पूर्वप्रधानन्यायाधशि कल्याण श्रेष्ठ हालीमुहाली छन् । उनकै आशिर्वाद पाएकाहरु छानी छानी अगाडि बढाइन्छन् । श्रेष्ठले २१ वर्षको उमेरमा पञ्चायत विकास अधिकारी (पीडिओ) बाट जागिर सुरु गरेका थिए । दरबारका तत्कालीन जल्लाबल्दा सचिव मि।सु। नारायणप्रसाद श्रेष्ठकी बहिनी उर्मिलासँगको विवाहपछि उनको भाग्य रातारात चम्कियो । नारायणप्रसादका एक बहिनीमध्ये दिदी रामप्रसाद श्रेष्ठ र बहिनी कल्याणले विवाह गरेका हुन् । विवाह लगत्तै कल्याण श्रेष्ठको पद सर्वोच्चको शाखा अधिकृतमा परिणत मात्र भएन २०३३ मा डिएल गरेपछि उनी २०३६ सालमा जिल्ला न्यायाधीश बन्न सफल भए ।

पञ्चायतकाल सकिएपनि कहिले गणेशमानपुत्र प्रकाशमान र कहिले सुवास नेम्बाङ्गसँगको राजनीतिक निकटताको फाइदा उठाउँदै विना रोकतोक पदोन्नति हुँदै प्रधानन्यायाधीश बन्न सफल भए । मुलुकमा बहुदल आएपनि दरबार शक्तिशाली रहेको र दरबारका सचिव पशुपतिभक्त महर्जनसँगको साइनोको आडमा कल्याण सदाबहार शक्तिकेन्द्रमा रहिरहे । कल्याणको कोटरी पछि वाग्लुङ जिल्ला वा धौलागिरी अञ्चलभित्रका कर्मचारी वा न्यायाधीश हुँदै राजावादी वा कम्युनिष्ट विचारधारा बोक्ने नेपालभरिका न्यायाधीश वा कर्मचारीमा विस्तारित ठूलो समूह नै बन्न गयो ।

कल्याणको समूहमा ठूलै समूह बनिरह्यो । जसमा प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, रामप्रसाद श्रेष्ठ, उनीभन्दा सिनियर तत्कालीन न्यायाधीशहरू गोविन्दबहादुर श्रेष्ठ, ओमभक्त श्रेष्ठ, शारदाप्रसाद पराजुली र जुनियरहरू प्रेम शर्मा, देवेन्द्रगोपाल श्रेष्ठ, बमकुमार श्रेष्ठ, पूर्व रजिष्ट्रार श्रीप्रसाद पण्डित, न्यायाधीशहरु केशरीराज पण्डित, गोविन्दप्रसाद पराजुली, विनोद शर्मा (पुनरावेदनबाट अवकाश), राजेन्द्र खरेल (उच्च अदालत), ईश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई, तिलप्रसाद श्रेष्ठ (हाल सर्वोच्च अदालत), विश्वम्भरप्रसाद श्रेष्ठ (हाल प्रधानन्यायाधीश) लगायत कल्याणको ग्याङमा रहे । वकीलहरूको सिन्डिकेट र बारमा पनि उनको पकड उत्तिकै रह्यो । पदमा रहँदा र अवकाशपछि पनि न्यायपालिकामा समानन्तर सत्ता चलाउँदै आएका कल्याण आफ्नो गुटमा नआउने वा आफूइतर न्याय सेवाका कर्मचारी वा न्यायाधीशलाई विभिन्न काण्डमा पारेर जागिरै सकिदिने सम्मको हैसियत राख्छन् ।

कल्याण-सुशीला कनेक्सन

कल्याण श्रेष्ठ र सुशीला कार्कीको समूह मोरङ र सुनसरीमा न्यायाधीश हुँदा बन्यो । त्यतिखेर सुशीला वकील थिइन् । आफ्नै समूहका मीनबहादुर रायमाझी न्याय परिषद सदस्य भएको मौकामा कल्याणकै योजना र सिफारिसमा सुशीला सर्वोच्च छिरिन् । पछि कल्याण र सुशीलाको समूहले २०७२ सालमा अग्नि खरेलसँगको मिलेमतोमा ११ जना न्यायाधीश सर्वोच्चमा नियुक्त गर्यो, जुन न्यायापालिकाको इतिहासमा सर्वाधिक आलोच्य र विवादित रह्यो ।

त्यतिखेर ओलीका महान्यायाधिवक्ता हरिकृष्ण कार्की र एमाले दलबाट २०६४ सालको संविधानसभा सदस्य भएकी सपना प्रधान मल्ल, काँग्रेस महासमिति सदस्य प्रकाशमानसिँह राउतसम्मलाई दलीय भागबन्डामा सर्वोच्च भित्र्याइ न्यायपालिकामा विधिवत दलीयकरण र प्रधानन्यायधीशको रोलक्रम निर्धारण गर्ने काम गरे । सर्वोच्च छिर्दा बाहिरी रूपमा फरक दलको प्रतिनिधित्व गरेको देखाएपनि प्रकाशमानसिंह राउत सर्वोच्च छिर्नुमा हरिकृष्ण कार्की र राउतकी आमा सहोदर दीदीबहिनी हुनु नै हो । त्यसैले हरिकृष्ण कार्कीको इशारामा हुने सर्वोच्चका गुटबन्दी र आन्दोलनमा राउतको साथ हरिकृष्णलाई भयो।

जागिरमा रहँदा र अवकाशपछि पनि न्यायपालिकामा हुने हरेक नियुक्ति र सरुवामा मात्र नभई मालदार मुद्दामा पनि कल्याण हाबी रहँदै आएका छन् । अहिले पनि कुनै सार्वजनिक वक्तव्य निकाल्दा होस् वा वसन्तपुर वा माइतीघरको आन्दोलनमा होस् वा तथाकथित नागरिक समाजको वा पूर्व प्रधानन्यायाधीशको नाममा होस् कल्याण, सुशीला, मीनबहादुर र अनुपराज शर्माको साथ सहयोग र एउटै वक्तव्य आउने गर्छ ।

लोकमानलाई किन हटाइयो

राजाप्रसाद सेवाका उच्च पदस्थ मि.सु. नारायणप्रसाद श्रेष्ठ र प्र.स. पशुपतिभक्त महर्जनसँग पूर्व दरबारिया भूपालमानसिंह कार्कीबीचको शक्तिसंघर्ष भूपालमान पुत्र लोकमान र नारायणप्रसादका ज्वाइँ कल्याणमा पुस्तान्तरण भयो । मृगौला तस्करीको अभियोगमा कल्याणको भाइ डा. पुकारचन्द्र श्रेष्ठलाई अख्तियारको प्रमुख लोकमानले पक्राउ पुर्जी जारी गरे । यही डरले लोकमानको कार्यकालभरी पुकार विदेशमा भूमिगत बस्न बाध्य भए ।

लोकमानले अख्तियारमै टेलिकमको सर्भर निगरानीमा राखी सुशीला र कल्याणबीचको टेक्स्ट र कुराकानी ट्याक गर्न थालेपछि कल्याणले रिट हाल्न लगाइ अदालतको आदेशविना कल डिटेल लिन नपाइने फैसला आफ्नै इजलासबाट बाट गराउनुपर्यो ।

कल्याणको सिण्डिकेटका शम्भु थापाले मासिक ८ हजार मात्र कमाइ देखाइ करछली गरेको अभियोगमा उनको पुतलीसडकस्थित लफर्ममा छापामारी अख्तियारले गिरफ्तार गरेपछि सुशीला कार्कीलाई प्रयोग गरी बन्दीप्रत्यक्षीकरणमार्फत कल्याणले छुटाउनु पर्यो । सोही बदला लिन सुशीला कार्की र ईश्वर खतिवडाको इजलासबाट कल्याणले लोकमानलाई पदबाटै हटाउने अवस्था बनाइदिए ।

न्यायाधीश बनाउन पैसा, पावर र नातावादको नालीबेलीले नेपालपेनमाथि ह्याकरको आक्रमण

न्यायाधीश बनाउन पैसा, पावर र नातावादको नालीबेली

 

प्रतिक्रिया