४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

न्यायाधीश बनाउन पैसा, पावर र नातावादको नालीबेलीले नेपालपेनमाथि ह्याकरको आक्रमण


November 26, 2023
1.7k
Shares

काठमाडौं, १० मंसिर । नेपाल पेन डट कमले न्यायाधीश बनाउन पैसा, पावर, नातावाद कृपावादको गहिरो अध्ययनपश्चात् खोज समाचार प्रकाशित गरेपछि चासो बढेको छ । सत्य तथ्यसहितको समाचारबारे विभिन्न क्षेत्रबाट क्रिया प्रतिक्रिया आइरहँदा ह्याकरहरुले नेपाल पेन डट कममाथि आक्रमण गरेका छन् ।

न्यायाधीश बनाउन पैसा, पावर र नातावादको नालीबेली

९ मंसिरको साँझबाट १० मंसिरको विहानसम्म नेपाल पेन डट कमको कुनैपनि समाचार पढ्न नसकिने गरी आक्रमण भएको छ । निकै प्रयासपछि न्युजपोर्टल सुचारु भएको छ । यसबाट पाठकहरुमा पर्न गएको असुविधाप्रति क्षमायाचना व्यक्त गर्दछौं ।

नेपालपेनले ६ न्यायाधीश नियुक्तिको सिफारिशमा भएका भागवण्डा, पैसाको चलखेललगायतका विषयमा थप खबर प्रकाशित गर्ने स्पष्ट पार्न चाहन्छौं ।

पछिल्लो समय नेपाल पेनले राजा वीरेन्द्रले विदेशमा लुकाएको सम्पत्ति बिनोद चौधरीले हात पारेको, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको, सूचना प्रविधि क्षेत्रमा भएका अरबौंको भ्रष्टाचार, विदेशमा भइरहेका घूसको लेनदेनलगायतका विषयमा सत्यतथ्यसहित खोजी समाचार प्रकाशित गरिसकेको छ । यसको प्रभाव देशमा देखिइसकेको छ ।

 

प्रतिक्रिया