३१ भाद्र २०८१, सोमबार | September 17, 2024

भूकम्पपीडितलाई भारतबाट ३४ टन बढी राहत सामाग्री


November 22, 2023
0
Shares

काठमाडौं, ५ मंसिर । भूकम्पपीडितलाई भारतले अहिलेसम्म ३४ टनभन्दा बढी राहत सामाग्री सहयोग गरेको छ । चौंथो चरणको राहत सामाग्री मंगलबार भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । भारतीय सेनाको विमानमार्फत् राहत सामाग्री चार चरण गरी आइपुगेको हो ।

नेपाल चिकित्सक संघको माग अनुरुप भारतले चौंथो चरणको राहत सामग्री उपलब्ध गराएको हो । यी राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरण समावेश छन् । जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि भारलते सहयोग उपलब्ध गराएको हो ।

नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिने जनाइएको छ ।

प्रतिक्रिया