कसले दियो दुर्गा प्रसाईविरुद्ध जाहेरी ?

काठमाडौं, ५ मंसिर । पछिल्लो समय विवादमा आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको छ ।
प्रसाईविरुद्ध पुरानो राष्ट्रिय गान बजाएर अपमान गरेको आरोप लगाउँदै राष्ट्रिय युवा संघ नेपाल धनुषाले जाहेरी दिएको हो ।
प्रसाईँले जनकपुरमा आयोजित एक कार्यक्रममा राष्ट्रिय गानको अपमान गरेर पुरानो राष्ट्रिय गान बजाएको युवा संघको आरोप छ ।
युवा संघ नेपालले मुलुकी अपराध संहितामा भएको व्यवस्था बमोजिम प्रसाईँलाई कारबाहीको माग गरेको छ ।