५ आश्विन २०८१, शनिबार | September 21, 2024

हमासले बन्धक बनाएका विपिन जोशी अस्पतालमा फेला परे


November 20, 2023
0
Shares

एजेन्सी, ४ मंसिर । मुस्लिम उग्रवादी समूह हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशी गाजाको अस्पतालमा फेला परेका छन् । उनी फेला परेको पुष्टि परराष्ट्र मन्त्रालयले गरेको छ ।

विपिनको सकुशल उद्धारका लागि सरकारले पहल गरिरहेको छ । यसका लागि हमासँग समन्वय गर्ने देशसँग सरकारले कुराकानी बढाएको छ ।

विपिन जोशी २० असोजमा हमासको खतरनाक आक्रमणमा परेका थिए । उनी बन्धक बनाएर लगिएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन जोशीसहित ४९ विद्यार्थीहरु लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत २७ भाद्रमा इजरायल गएका थिए । उनीहरु २० असोजमा हमासको आक्रमणमा परेका जिए । ४९ मध्ये १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

प्रतिक्रिया