१ माघ २०८२, बिहिबार | January 15, 2026

एकदिवसीय क्रिकेटमा विराट कोहलीले रचे नयाँ इतिहास, तोडे सचिन तेन्दुलकरको कीर्तिमान


November 15, 2023
0
Shares

काठमाडौं, २९ कात्तिक । क्रिकेटका भगवान सचिन तेन्दुलकरको कीर्तिमान तोड्दै विराट कोहलीले नयाँ इतिहास रचेका छन् । वानखेडेमा विराट कोहलीले सचिनलाई पछि पार्दै अर्धशतक पूरा गरे।

विराट कोहलीले न्युजिल्याण्ड विरुद्धको बलमा आफ्नो ५० औं एकदिवसीय शतक पूरा गरेका छन् । विराट कोहली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने विश्वकै एकमात्र ब्याट्सम्यान बनेका छन् ।

विराट कोहलीले यसअघि कोलकाताको इडेन गार्डेनमा दक्षिण अफ्रिकाविरुद्ध शतक बनाएर सचिन तेन्दुलकरको ४९ शतकको बराबरी गरेका थिए। न्युजिल्याण्ड विरुद्ध शतक प्रहार गर्दै उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् । रोहित शर्मा यो सूचीमा तेस्रो नम्बरमा छन्। रोहितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३१ शतक प्रहार गरेका छन् ।

प्रतिक्रिया