३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रकोपमा पनि राजनीति, भूकम्पपीडित चीसोले कठ्याङ्ग्रिदा बल्ल ५० हजार दिने निर्णय


November 12, 2023
0
Shares

काठमाडौं, २६ कात्तिक । जाजरकोटका भूकम्पपीडितका नाममा विभिन्न राजनीतिक दल र शक्तिहरुले राजनीति बढी गरिरहेका छन् । सदरमुकाम वरपर मात्र केन्द्रित भएर नेता देखि विभिन्न संघसंस्था पुगेका छन् । तर, समस्यामा परिरहेका कतिपयले राहत पाउन सकिरहेका छैनन् ।

सरकारले भूकम्प गएको एक हप्ता बितेपछि बल्ल अस्थायी आवासका लागि ५० हजार दिने निर्णय लिएको छ । त्यो पनि दुई किस्तामा उपलब्ध गराइने उल्लेख छ ।

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिले आइतबार यो निर्णय गरेको हो ।

देशमा जब जब ठूलो प्रकोप हुन्छ तब दलहरु त्यसैमाथि राजनीतिक गर्न सक्रिय हुन्छन् । यस्तै भएको छ जाजरकोटका भूकम्पपीडितलाई ।

प्रतिक्रिया