२३ भाद्र २०८१, आइतबार | September 8, 2024

भूकम्पपीडितका लागि राहत बोकेको चिनियाँ बिमान किन पोखरा उत्रियो


November 8, 2023
0
Shares

काठमाडौं, २२ कात्तिक । भूकम्पपीडितका लागि राहत बोकेको चिनियाँ बिमान पोखरा उत्रिएपछि चासो बढेको छ । भूकम्पपीडितका लागि राहत पुर्याउन नेपालगञ्ज या भैरहवा बिमानस्थल नजिक पर्दछ । तर, चीनले बिमानलाई पोखरामा उतार्यो ।

दुईवटा चिनियाँ वाइ २० बिमानहरु ५० टन राहत सामाग्रीसहित पोखरा उत्रिदा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सोङ पनि पुगेका थिए । सोङले राहत सामाग्री हस्तान्तरण गरेका थिए ।

पोखरामा बिमान उतार्नुमा चीनले परीक्षण उडान जस्तै देखाउनु पनि हो । चिनियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा व्यवसायिक उडानले निरन्तरता पाउन सकेको छैन । यसकारण पनि चीनले उक्त बिमानमा बेला बेलामा आफ्ना बिमानहरु उतार्ने गरेको छ ।

यसअघि भारतले सहयोग गरेको राहत सामाग्री बोकेको बिमान नेपालगञ्जमा उत्रिएको थियो । त्यहाँबाट जाजरकोट र पूर्वी रुकुम नजिक पर्दछ ।

प्रतिक्रिया