थापाको राजीनामा अस्वीकृत

काठमाडौं,२० कात्तिक । नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत भएको छ । सोमबारप्रदेशसभा सचिवालयमा बसेको कांग्रेस दलको बैठकले थापाले दिएको राजीनामा अस्वीकृत गरेको हो ।
कांग्रेस सांसद केदार कार्कीले पार्टीबाट विद्रोह गरेर मुख्यमन्त्री बन्न एमालेको साथ लिएपछि थापाले राजीनामा दिएका थिए ।