८ आश्विन २०८१, मंगलबार | September 24, 2024

प्रेमिकाको योजनामा गोली प्रहार गरी प्रेमीको हत्या गरिएको खुलासा


October 31, 2023
0
Shares

काठमाडौं, १४ कात्तिक । बाराका निजी विद्यालयका सञ्चालक रुपेश सराफको हत्यामा उनकै प्रेमिका संलग्न रहेको खुलेको छ । घटनामा संलग्न प्रेमिकासहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बाराको कलैयामा गोली प्रहार गरिएका रुपेशको २१ वर्षीया युवतीसँग प्रेम सम्बन्ध रहेको र उनकै योजनामा हत्या भएको खुलेको हो । ती युवतीको अर्को पुरुषसँग पनि प्रेम सम्बन्ध रहेकोमा प्रेमीलाई प्रयोग गरी हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

३५ वर्षीय रुपेशले बारामा एकता बोर्डिङ स्कुल चलाउँदै आएका थिए । उनको विद्यालय जिल्लामा चलेकोमध्येमा पर्दथ्यो ।

मोटरसाइकलमा आएको समूहले रुपेशमाथि गोली प्रहार गरेका थिए । उनको उपचारका क्रममा बयोधा अस्पतालमा निधन भएको हो ।

प्रतिक्रिया