९ श्रावण २०८१, बुधबार | July 24, 2024

यसपाली पनि त्यस्तै भयो !


October 16, 2023
249
Shares

दुर्गा ढकाल : कूसंस्कारले साह्रै पिरयो। ऊफ  !  बल्ल बल्ल आएको दशैं १५ वर्षमा भेट भएको पल्लों घरकी साईंली, हाम्रो १३ दिने दाजु भाईकी बुहारी सुत्केरी भैअरे, दशैं छेकियो अरे, के गर्ने खै यस्ता संस्कार कसरी हट्ने हुन ? सन्तान थपिदा त खुशीयाली पो मनाउनु पर्ने के हो, के हो कसलाई भन्नु रीता मुर्मुराउदै आफ्नो बाटो लाग्छे।

धारामा पधेर्नी हरु गाग्रोमा पानी थाप्दै गफ्फी रहेका देखिन्थे । चन्द्र पनि सहर बाट दशैं को लागी भनेर गाऊँ आएको थियो। यसो हेर्दा तरुनी जस्ता देखिने पधेर्नीहरुलाई देखेर टक्क ऊभियो । एकछिन जिस्काउन पाइन्छ कि भनेर मल्याकमुलुक गर्दै छड्के नजर लायो। त्यहि बेला सरू आधा जीऊ छोपेर ढुंगे धारामा नुहाई रहेकी थिई । चन्द्र त्यो देखेर कायल र घायल भयो । सरू पनि चन्द्रेलाई देखेर लाजले भुतुक्क हुँदै हतार हतार टावेलले पुरै जिऊ बेरी र लामों सास फेरी । चन्द्र को नि के सोच्दै बिस्तारै ऊकालो तिर पाइला अघी बढाऊछ।

माथि बाट पल्लो घरकी ठुली दिदी तल तिर झर्दै हुनुहुन्थ्यो। चन्द्रसंग बाटोमा नै जम्का भेट भयो। लामो समय पछि देखेको सहर बसेर अलिक सुकिलोमुकिलो नयाँ फेसन को टिप् टप लुगा लगाएर यसो अलिकती कपाल पनि पालेर आएको रहेछ झन्डैले चिन्नु भएन छ र आफ्नो सुरमा हिडिरहनु भएको थियो। चन्द्रले एक्कासि बोलायो। ठुल्दिदी के नबोली हिड्नु भाको नचिने झैँ गरी ?  हामी कहाँ, कहाँ बाट गाऊ सम्झेर आउनु छ। अनी यहाँ गाउका मान्छे चै बोल्नु पर्छ कि भनेर तर्किदै हिडछन् अनि के आउनु गाउँ ? चन्द्रले ठुल्दिदी माथि एक सटायर मारी हाल्यो। ओहो चन्द्र पो अनि कसरी चिन्नु ? कपाल पनि पालेको रहेछौ। त्यस्तो लुखुरे, झ्याउरे, पिलन्धरे देखेको मैले, अहिले त यस्तो लक्का जवान, पुरै हिरो जस्तो देखिएछौ। अझ धन्न लामो,लामो दाह्री पालेको रहेन छ र मात्र ठम्याए नत्र त मेरो आँखाले धोका खान्थ्यो नै। आजकाल त के खपी सक्नु छ र यती लामो,लामो दाह्री पालेका हुन्छन साधुले झैँ गरी। चिन्नै सकिन्न। तिमीले धन्न पालेका रहेनछौ। ठुल्दिदी एकछिन उभिएर चन्द्रसंग दोहोरो बात मार्दै गनगनाउन थाल्नु हुन्छ।

चन्द्र, ठूल्दिदीसंग एकछिन कुरा गरेर फेरि आफ्नो बाटो लाग्छ। सूर्य टिलपिलाउदो अवस्थामा देखिन्छन । साँझ झमक्कै पर्न लागेको छ। चन्द्र बिस्तारी थकाई मारी मारी हिड्छ। घर आइपुग्नै लाग्यो के को हापर झापर अब त पुगी हाल्छु नि। मन मनै गन्थनिन्छ। एकछिन गन्थनिदा होर्दा घर कै आँगनमा पुग्यो। आमा ए आमा खोई त कता हुनुहुन्छ ? घर भित्र पनि नपुगी आँगनको डिलबाट नै आमालाई बोलाउँछ । भित्र आमा भान्सा कोठा सफा गरिरहेकी थिइन् बाहिर कोही लोग्ने मान्छेको आवाज सुने पछि छोरीलाई बोलाउंदै भनिन ए सानी को आयो बाहिर ? लोग्ने मान्छेको जस्तो आवाज सुन्छु। तेरो स्कूलका साथी हुन् कि को हुन् हेर त। सानी बाहिर नगई एसो झ्याल बाट चिहाँऊछे ।

आमा, होइन दाजु आउनु भएछ,सहरबाट सानी आमालाई सुनाउछे । आमा आश्चार्य चकित मान्दै हो र ? फोन नगरी आएछ त् । यत्रो फोन छ, के छ फोन त गर्नु पर्छ नि। अब तँलाइ र मलाई मात्र खान पकाएकी थिएँ। अब बसाइ हाल्छु तँ बाहिर गएर दाजुलाई लिएर आइज। ह्या एकछिन छोडी दिनु। दाजु आए पछि एकछिन कुरा कानी गरे पछि बसाउनु के को हतार ? ल ल उसो भए जा न जा बाहिर। सानु बाहिर जान्छे।

दाजु कति साँझ पारेर आउनु भएको अलिक छिटो आउनु पर्छ नि फोन त गर्नु पर्छ । आज आउनु हुन्छ भन्ने थाहा पाएको भए म आफैँ फोन गर्थे, म त एकदुई दिन पछाडी मात्र आउनु हुन्छ होला भनेर पो त। उफ् ! सारै गर्मि भो मोही पारेको छ भने ले न भन्दै चन्द्र बाहिरै सोफामा बस्छ । सानी मोही लिन भित्र दगुर्छे ।

भान्सा कोठा सफा गरि सकेपछि आमा पनि बाहिर निस्कनु हुन्छ। सानी, चन्द्रलाई मोही लिएर आउँछे। चन्द्रले मोही पिईसके पछि आमा छोराको एकछिन गन्थन चल्छ। अनी फोन त गर्नु पर्छ कस्तो फोन नै नगरी आएको तँ बाबु ? आमाले चन्द्रलाई सोध्नु भयो। होइन हिडी हाले,अब घर पुगी हाल्छु भनेर नि चन्द्रले भन्यो।

ए पल्लो घरको अमर पनि १५ बर्ष पछि लाहुरबाट दशैं मनाउन आएका रहेछन बरा। ऊता साँईली बुहारी सुत्केरी भै क्यारे दशैं छेकियो भनेर गनगन गरी रहेकी थि रीताले आमा छिमेकिको कुरा चन्द्रलाई सुनाऊंछिन्। ए हो र अमर अङ्कल आउनु भाको छ ? कहिले आऊनु भाको, रमाइलो हुने भयो उसो भए। अङ्कलले केही ल्याइदिनु भएन हामीलाई ? चन्द्र दङ्ग पर्दै सोध्छ। लाहुर होइन दुबई पो जानु भाको त काँ लाहुर हुनु चन्द्रले आमालाई भन्छ।

खोइ लाहुर हो कि के हो ? म त जान्दिन है। आए नै पिच्छे गाउँ भरीकालाई के के ल्याई दिन्छ, अनि लाहुर होला भन्या नि मैले। लाहुर बाटआउनेले मात्र त्यसरी ल्याएको देखेकी थिएँ मैले त्यहि भएर। तर यसपाली त्यती खुसी छैन। अब यहाँ बस्दैन होला अमर पनि, उसका परिवार पनि। अमरको परिवार पनि हिडे पछि त गाउँ नै शुन्य हुन्छ हामी एक्लै जस्तो पो हुने भयौ। आमाले सबै कुरा चन्द्रलाई बेली बिस्तार लगाउछिन। किन र, के भयो र,  आमा कसरी थाहा पाउनु भयो र अमर अङ्कल बस्नु हुन्न भनेर। चन्द्र आमालाइ सोध्छ। जा न भेट्न भरे भोलि अनि यसो कुरा कानी गर्नु। आफू भन्दा जान्ने, सुन्ने मान्छेसंग केही सिक्नु, बुझ्नु। त्यत्रो दिन परदेश बसेर आएको छ, धेरै कुरा बुझेको होला। परदेशमा पनि राम्रै छ अरे। सबैलाई सहयोग गरुँ भन्ने भावनाका असल मान्छे छन्।

मै मात्र सबै जान्ने छु भनेर हुन्न, तिमरु हिजो अस्तिका ढेटना हौ। २ र ४ दिन सहर बस्यौ भन्दैमा के बुझ्छौ ? देश खाइ शेष भएका, सबै कुरा बुझेका,जानेका मान्छेसंग नी सिक्नु पर्छ, बुझ्नु पर्छ। आमा चन्द्रलाई अर्ती उपदेश दिन थाल्नु हुन्छ। गई हाल्छु नी कती हतारीनु भएको भर्खर आइ पुग्दै छु। आराम पनि गर्नु पर्यो। भरे, भोली भेटुला न। दशैं नै छ कतै जानु हुन्न होला नि त भन्दै चन्द्र एकछिन लुगा फेरेर बाहिर राखेको पलंग मै लमतन्न परेर पल्टिन्छ । आमा पनि एकछिन साँझ बत्ती बाल्नलाइ भित्र पस्नु हुन्छ।
क्रमश…

(कथाका पात्र र परिवेश काल्पनिक हुन् कसैसंग मेल खाएमा संयोग मात्र हुने छ।)

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया