जवाफ चाहियो श्रीमान्
अधिवक्ता आकृति रायमाझी । अदालतका केहि माननीय न्यायाधिशज्यूहरुले आफूलाई सुम्पिएको संवैधानिक जिम्मेवारी पुरा नगरी अनेकौ बहानामा मुद्दा हेर्नबाट पन्छिने, न्यायिक निरुपण गर्न डराउने र आफ्नै स्वार्थ हेर्ने हो भने न्याय पाउने अभिलाशा लिएर बर्षौदेखि अदालतमा भौतारी रहेका मुद्दाका पक्षहरुलाई ठूलो अशर परेको छ, कतिलाइ त “जिवन मरणको सवाल छ”। इजलाश बस्न नखोज्ने केहि माननीय न्यायाधिशज्यूहरुलाई, अन्यायमा पारेका र हरेक दिन न्यायको आशामा दिन गनि रहेका पिडितको पिडाको आभास होला त ?
प्रधानन्यायाधिसज्यू र अदालतका माननीय न्यायाधिशज्यूहरुले हरेक सभा सम्मेलनमा अदालतको विकृति विसंगति हटाउन प्रयत्नशील रहेको भन्दै आएका छन् तर श्रीमान् आफै छातीमा हात राखेर भनौं के न्यायालयमा न्याय पाइन्छ ? न्यायपालिकाको महत्त्वपूर्ण जिम्मेवारी भनेकै दोषिलाई सजाँय र पिडितलाइ न्याय दिने आदेश दिने होइन र श्रीमान् रु न्यायपालिकालाई शुद्दिकरण गर्ने रणनिति हरेक वर्ष बन्ने गर्छ तर के त्यो रणनितिमा हरेक न्यायधिसलाई निडर, निश्पक्ष र वास्तविक न्याय मुर्ति बन्न सिकाइन्छरु शुद्दिकरणको नाममा न्यायाधिशको सेवा सुबिधा मात्र थपघट गर्ने ? कति पिडितले न्यायलयबाट बिना दौडधुप न्याय पाएका छन्रु कति न्यायालयको अन्यायमा परे ? कतिलाइ बिना सबुत प्रमाण दोषी ठहर गरीयो ? के कारागारमा रहेका सबै कसुरदार हुन्रु के सफाई पाएका साचै निर्दोश थिए तरु ठहर भएका वास्तविक कसुरदार हुन वा होइनन्रु यस बारे प्रधानन्यायाधिसज्यू र अदालतका माननीय न्यायाधिशज्यूहरुले कुनै शोधखोज गर्नु आवश्यक छैन ? तपाईहरुले जवाफ दिनु पर्छ श्रीमान।
न्यायिक निरुपणको संवैधानिक र कानूनी मार्ग के हो भन्ने विषयमा माननीय न्यायाधिशज्यूहरु अनभिज्ञ त पक्कैपनि हुनुहुन्न तर पटक पटक निर्दोश ले सजाय पाउनु , अपराधी उमकिनु र कानुनको किताबमा प्रष्ट लेखिएकै न्याय पाउन पनि ढिलासुस्ति हुनु स्वंय गैरन्यायिक कार्य हो, यसको जवाफदेहि को हुने ? क्षतिपुर्ति कसले दिने ? श्रीमान्हरुले आफ्नो छातीमा हात राखेर भन्नुस तपाईहरु मध्ये कति जना दूधले नुहाउनु भएको छ, विवादित त कतै न कतै तपाईहरु पनि हुनुहुन्छ, न्यायलय जस्तो पवित्र ठाऊमा राजनिति प्रवेश गराउनु भएको छ ।
न्यायपालिकाप्रति जनताको आशा हराउदै जानुको कारण तपाइहरु मध्ये धेरैको कुनै न कुनै भूमिका छ।आज जनताको नजरमा न्यायालय विवादित, विभाजित, गैरजिम्मेवार र पिडितप्रति सवेदनशील नदेखिनुमा तपाईहरुले निर्वाह गर्नु भएको भुमिकाको अनुपातको आधारमा तपाईहरुलाई पनि केहि हद सम्म नैतिक कारवाही हुनु पर्ने होइन र श्रीमान् ? आफू मात्र ठिक अरुलाई खराव देख्ने प्रवृतिको अन्त गर्ने कि श्रीमान् । भनिन्छ अशल कामको लागि आफैबाट शुरु गर्नु पर्छ, परिवर्तन चाहानेले आफैलाई परिवर्तन गरेर देखाउनु पर्छ, तपाईहरु अदालतमा आए पछि अशल कामको लागि, परिवर्तको लागि के के गर्नु भयो ? यथास्थितिमा रमाएर परिवर्तन हुदैन।
आ-आफ्नो भूमिका बमोजिमको जिम्मेवारी लिन नचाहाने र गल्ति अरुमाथि थुपार्ने अवस्था भनेको कतै न कतै निहित स्वार्थले काम गरेको बुझ्न गाह्रो छैन । अदालतमा देखिएको विकृति, विसंगतिको मूल कारण भनेको न्यायाधिश नियुक्ति हो भन्ने छलङ्ग छ, न्यायाधिश नियुक्तिमा योग्य व्यक्तिको चयन गर्नु जरुरी छ। प्रधानन्यायाधिशको रोलक्रममा बस्नु भएका धेरै जसो श्रीमान्हरु राजनीतिक आड भरोसामा नै सिधै सर्वोच्च अदालतमा नियुक्ति हुनु भएको छ भने उच्च अदालतमा पनि पार्टि कै कोटाबाट आएका धेरै छन् । लोक सेवा आयोगको कठिन परिक्षा पास गरेर जिवन नै न्याय सेवामा समर्पित गर्ने सक्षम, इमान्दार तथा निष्ठावान व्यक्ति बल्ल बल्ल जिल्ला न्यायाधिशमा नियुक्त भैरहेको अवस्थामा राजनीतिक भागवण्डामा सिधै सर्वोच्च अदालत र उच्च अदालतमा नियुक्त हुने न्यायाधिशको संख्याले न्याय सेवाका कर्मठ जनशक्तिको बृतिबिकासमा र समग्र न्यायपालिका मा परेको अशर वारे अलिकति भएपनि संवेदनशील हुने हो कि श्रीमान् ?
न्यायपालिकामा बेथितिले पराकाष्ठ नाघिसकेको छ, न्यापालिका माथि जनताको भरोषा टुट्न थालिसकेको छ भन्ने कुरा विभिन्न समितिले दिएको प्रतिवेदनले पुष्टी गरेकै छ । न्यायपालिकामा भएका बिकृति, विसंगतिको जिम्मेवार को हुनरु समस्याको पहिचान गरी समाधान खोज्ने कर्यमा श्रीमानहरुको पनि अहम भूमिका हुन्छ। राजनीति र मिडियाबाजी त न्यायपालिकालाई अस्तव्यस्त वानउने प्रमुख कारण नै भएको छ । चर्चित मुद्दामा भने न्याय पाउन बहस वा प्रमाण हैन मिडियाको इजाजत र “ठुला नेताको ग्रीन सिगनल” आवश्यक भैसकेको छ।
इजलाश वस्न नखोज्ने, न्याय दिन ढिलाई गर्ने श्रीमान्हरुको कारण मुद्दाका पक्षलाई परेको क्षतिको क्षतिपूर्ति कस्ले दिन्छ रु आफ्नो संवैधानिक जिम्मेवारी पुरा नगरी जनताको करबाट सेवा सुविधा पाउँने कतिपय श्रीमान्हरुबाट जनताको न्याय प्राप्त गर्ने हक नै हनन हुने कार्य भएको छ। श्रीमान्हरुबाट भएको यस्तो कार्यबाट मानव अधिकार र मानविय कानून नै उल्लघन हुन पुगेको अवस्था भएकोले तपाईहरुको कारण मुद्दाका पक्षलाई परेको क्षतिको क्षतिपूर्ति तपाईहरुबाटै किन असुल नगर्ने र तपाईहरुलाई सुम्पिएको संवैधानिक जिम्मेवारी पुरा नगरेको आधारमा किन कानून बमोजिम कारवाही नगर्ने ? तपाईहरुको जवाफ चाहियो श्रीमान ।