१२ श्रावण २०८१, शनिबार | July 27, 2024

ज्वालामुखी गाउँपालिकाले डिजिटलाइज्ड सिस्टमबाट सेवा सुचारु गर्दैछ : यामनाथ दनै (भिडियोसहित)


October 6, 2023
0
Shares

काठमाडौं, १९ असोज । धादिङको ज्वालामुखी गाउँपालिकाले पछिल्लो समय खानेपानी,शिक्षा,विद्युत,इन्टरनेट,यातायात,स्वास्थ्य क्षेत्रमा धेरै प्रगती गरेको सुनाउँछन् अध्यक्ष यामनाथ दनै । ६५ सय घरधुरी मध्ये २१ सय ३ घर धुरीमा बाहेक बाँकी घरहरुमा एक घर एक धारा पुगेको उनले दाबी गरे । धारा नपुगेका बाँकी घरहरुमा आगामी आर्थिक वर्षसम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको सुनाए ।

दशै नजिकिदै गर्दा अध्यक्ष दनै राजधानी काठमाडौं आएको मौकामा हामीले उहाँसँग छोटो कुराकानी गर्ने अवसर पायौं । सोही क्रममा उनले घोषणापत्रमा गरेको प्रतिवद्धताअनुसार गाउँपालिकाले कामको सुरुवात भएको बताए । लक्ष्य प्राप्ति गर्न त अझै साढे ३ वर्ष बाँकी भएको उनको भनाइ थियो । उनले भने,“घोषणापत्रमा गरेको प्रतिवद्धताअनुसार हामीसँग भएको सिमित स्रोत साधन प्रयोग गरी कार्ययोजना बनाएर बजेट पनि सोही अनुसार बिनियोजन गर्यौ, खर्च पनि सोही अनुसार गर्यौ लक्ष्य प्राप्ति गर्न त अझ साढे ३ वर्ष बाँकी छ ।”

गाउँपालिकाले रोजगारीका लागि बाहिर भएका युवाहरुलाई आफ्नै पालिकाभित्र भित्राउनका निम्ति कृषि र पर्यटनसँग जोड्न खोजिरहेको छ । कृषिमा अनुदान दिने, प्रोत्साहन दिने,मल बिउहरु निशूल्क उपलब्ध गराउने,पकेट क्षेत्र निर्धारण गर्ने कार्य पालिकाले दु्रतगतिमा अगाडी बढाइरहेको छ । दुध संकलन गरेर यहि आर्थिक वर्षबाट कम्तीमा २ हजार लिटर दुध आफ्नो गाउँपालिकाबाट अन्य क्षेत्रमा पठाउने गरी योजना बनाएको र सोही अनुसार काम अघि बढेको अध्यक्ष दनैले बताए ।

उनले गाउँपालिका सामाजिक सुरक्षाको विषयमा निकै संवेदनसिल रहेको सुनाए । पालिकाले यही आर्थिक वर्षमा खेलकुद क्षेत्रमा युवाहरुलाई आकर्षित गर्न ५१ लाख रुपैयाँ बजेट नै छट्टुाएको छ । उनले भने–“गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्डमा समेत हाम्रो पालिका प्रथम भएको छ र केन्द्रमा समेत बोलाउने गरी खेलाडीहरु उत्पादन गरेका छौं । यो आर्थिक वर्षमा झण्डै ५१ लाख बराबरको खेलकुदका विभिन्न शिर्षकमा बजेट बिनियोजन गरेका छौं ।”आफ्नो पालिकाबाट उत्पादन भएका खेलाडीहरुलाई राष्ट्रमै चिनाउने गरी आन्तरिक प्रतिस्पर्धा गराउने गरी पालिकाले बजेट बिनियोजन गरेको छ ।

उनका अनुसार गाउँपालिकाभित्रका सबै वडाहरुमा इन्टरनेटको राम्रो व्यवस्था छ । त्यसलाई अझ थप आधुनिकिकरण गर्ने योजना रहेको उनले सुनाए । जनप्रतिनिधिहरुले जहाँ बसेर भए पनि त्यहाँबाट डिजिटलाइज सिस्टमबाट सेवा सुविधा दिनसक्ने प्रविधि भित्राउने पालिकाको तयारी रहेको सुनाए । उनले भने–“अब कुनै सिफारिस लिनुपरेमा नागरिकहरुले वडामै नपुगी सिस्टमबाट डकुमेन्ट अपलोड गर्ने र वडाध्यक्षहरुले सिस्टमबाटै सिफारिस हातमा दिने दिने प्रविधिहरु भित्र्याउदैछौं ।”

पछिल्लो समय देशभर सामुदायिक विद्यालयहरुप्रति अभिभावकको चासो कम हुँदै गएको छ, विद्यार्थीको संख्या कम र शिक्षकको संख्या बढी हुँदै गएकोले पालिकाभित्रको स्कुलका दरबन्दी मिलानको काम पालिकाले गरिरहेको छ । “२५ वर्ष लगाएर सरकारले मर्ज गर्न नसकेको विद्यालयहरु हामीले मर्ज गरिरहेका छौं । विद्यार्थी नपुुगेर केही स्कुललाई ग्रेड डाउन पनि गरेका छौं । विद्यालयको स्तरोन्नतीका लागि दरबन्दी मिलान गर्न सुरु गरेका हौं ।”–उनले भने ।

अध्यक्ष यामनाथ दनैसँगै नेपालीपेनले गरेको सक्षिप्त कुराकानी हेर्नुहोस्

 

 

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया