३१ भाद्र २०८१, सोमबार | September 17, 2024

शिक्षा विधेयक अदूरदर्शी भन्दै प्राज्ञिक विद्यार्थी परिषद्ले गर्यो संशोधनको माग


September 22, 2023
0
Shares

काठमाडौं, ५ असोज । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शिक्षा विधेयकलाई अदूरदर्शी र विना तयारीका साथ ल्याइएकोले पुनः संशोधनको माग गरेको छ । शुक्रवार विज्ञप्तिमार्फत् प्राज्ञिकले विधेयकलाई अव्यावहारिक र पक्षपातपूर्ण भनेको छ ।

प्राज्ञिकका राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा निश्चित विचारबाट प्रेरित समूहको चिन्तनका आधारमा विधेयक आएको निष्कर्ष समेत निकालेको छ । प्राज्ञिकले सरोकारवालाहरुसँग पर्याप्त छलफल र सुझाव लिएर आन्दोलनमा उठेका उचित विषयलाई यथाशिघ्र सम्बोधन गर्दै समस्याको दीर्घकालीन समाधान गरी पठनपाठनको वातावरण तत्काल निर्माण गर्न समेत माग गरेको छ ।

प्रतिक्रिया