२८ आश्विन २०८२, मंगलबार | October 15, 2025

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय


September 7, 2023
0
Shares

काठमाडौं, २१ भदौ । सरकारले निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यसैगरी तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने,संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेश गर्ने,निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने,स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने,चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने र संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेश गर्ने लगायतका निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया