३ आश्विन २०८१, बिहिबार | September 19, 2024

नापीचन्द्र महाविहारको नयाँ भवनको उद्घाटन


September 5, 2023
0
Shares

ललितपुर, १९ भाद्र । भारतको सहयोगमा नवनिर्मित श्री नापीचन्द्र महाविहारको उद्घाटन भएको छ । सोमबार भारतका राजदूत नवीन श्रीवास्तव र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

महाविहारको भवनका लागि भारतले साँढे ३ करोड सहयोग उपलब्ध गराएको थियो । भवन उद्घाटनमा ललितपुर विकास समाजका अध्यक्ष बुद्धिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाताका प्रतिनिधिका साथै नेपाल सरकार र भारतीय दूतावासका पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको नापीचन्द्र महाविहारको ८ वर्षपछि भवन निर्माण भएको हो । नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९भवन तथा आवास० ले यो परियोजनाको कार्यान्वयन गरेको हो ।

उद्घाटन समारोहमा बोल्दै राजदूत श्रीवास्तवले भारत र नेपालबीचको विकास सहकार्यका विभिन्न पक्षबारे चर्चा गर्दै यो सहकार्य दुई देशबीचको द्विपक्षीय साझेदारीको महत्वपूणर् पक्षको रुपमा रहेको उल्लेख गरे। मेयर महर्जनले ललितपरका साथै आमरुपमा नेपालको सांस्कृतिक परियोजना निर्माणमा सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिए ।

भारतले विगतमा पनि सांस्कृतिक सम्पदा क्षेत्रको पुनस्र्थापनाका लागि नेपालसँग मिलेर काम गरिसकेको छ । भारत सरकारले नेपालका सात जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदाको संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ । यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५०,००० वटा निजी आवास, आठ जिल्लाका ७१ वटा शैक्षिक संस्था, र दश जिल्लाका १३२ वटा स्वास्थ्य सुविधाको पुनर्निर्माणमा लागि सहयोग गरेको छ ।

प्रतिक्रिया