२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

आज काठमाडौंका यी स्थानमा साढे ८ घण्टा विद्युत् आपूर्ति अबरुद्ध हुने


September 2, 2023
0
Shares

काठमाडौं,१६ भदौ । आज काठमाडौं उपत्यकाका केही स्थानमा साढे ८ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले ललितपुरसहित काठमाडौंमा आज दिनभरि नै विद्युत् कटौती गर्ने भएपछि विद्युत् आपूर्ति बन्द हुने भएको हो ।

टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य गरिने भएकोले रत्नपार्कसहितका वितरण केन्द्रबाट हुने विद्युत् आपूर्ति प्रभावित हुने छ।

काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरूबाट आपूर्ति हुँदै आएको बिजुली आज (शनिबार) बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनसक्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया