६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

अपाङ्गता भएका व्यक्तिको सुरक्षित यात्रा गर्ने अधिकार स्थापित गराउन दवाब मूलक नागरिक भेला हुँदै


August 31, 2023
0
Shares

काठमाडौं, १४ भदौ । नेपाल साइकल सोसाइटी र इस्पाइनल कर्ड इन्जुरी नेटवोर्कले संयुक्त रुपमा नागरिक भेलाआयोजना गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरुले नेपालमा साईकलयात्री, पैदलयात्री र अपाङ्गता भएका व्यक्तिहरुको सुरक्षित यात्रागर्ने अधिकार स्थापित गराउन दवाब सिर्जना गर्ने उद्देश्यले नागरिक भेलाको आयोजना गरिएको बताए ।

नेपाल साइकल सोसाईटीका अध्यक्ष रत्नश्रेष्ठले सबै नागरिकका लागि सडक कसरी सुरक्षित बनाउन सकिन्छ भनेर आफूहरुले चिन्तन तथा मनन् गरेर सरकारलाई दवाब दिन कार्यक्रमआयोजनागरिएको बताए । उनले अहिले अपाङ्गता भएका व्यक्तिहरु सडकमा सुरक्षित तवरले हिँडडुँल गर्न नसक्ने अवस्था रहेको बताए ।
मानवमैत्री संरचनाको अभावले कुनै कोही नागरिकको स्वतन्त्रआवागमनमाअवरोध हुनु मानवअधिकारको हनन् भएको बताउँदै उनले मानवमैत्री सडक तथा फुटपाथ आजको आवश्यकत्ता रहेको बताए ।

अध्यक्षश्रेष्ठले सवारीसाधनबाट निस्किने धुँवाबाट सहरहरु आक्रान्तभएको बताउँदैे सहरभित्रका राजमार्ग (रिंग रोडलगायत) र प्रादेशिक सडक सबै “नेपाल सहरी सडक मापदण्ड २०७६” अन्तर्गत रूपान्तरण गर्नआवश्यक रहेको बताए । नागरिक भेलासाइकल, ह्वीलचियर र पैदलयात्रीको सुरक्षितयात्राकालागिपुर्वाधारबनाउन बजेट र योजनाकालागि सरकारलाई दवाबदिने उनको विश्वास छ ।

अध्यक्षश्रेष्ठले कार्यक्रमआगामीभदौ १६ गते शनिबार विहान साढे ७ बजेदेखि साढे ९ बजेसम्ममाईतीघर मण्डलामा आयोजनागरिएको बताए । कार्यक्रममाविभिन्नकला र सडक नाटक प्रस्तुतगरिने उनको भनाई छ । कार्यक्रमको अतिथिको रुपमासमाजका योगदानदिएको विशिष्ट व्यक्तिहरु नेपाल सरकारकाभौतिकपुर्वाधार तथायातायातमन्त्रीप्रकाशज्वाला, काठमाडौं महानगरपालिकाप्रमुखबालेन्द्र शाह, ललितपुर महानगरपालिकाप्रमुखचिरीबाबु महर्जनलगायतलाई निमन्त्रणा पठाइएको उनले बताए ।

कार्यक्रमलाई सम्बोधनगर्दै इस्पाइनल कर्ड इन्जुरी नेटवोर्क नेपालकामहासचिव केशवथापालेदुर्घटनाको क्रममा ढाडमा चोट लागेको आफू अपाङ्गताभएको बताउँदै अहिले यात्रुहरु सडकमा सुरक्षित रुपमा हिँड्नसक्ने अवस्था नरहेको बताए । उनले आगामी दिन मातीनै तहका सरकारले सडक निर्माणका बेलामा यात्रुलाई कसरी सुरक्षित बनाउने भनेर सोच्नआवश्यक रहेको बताए ।

वल्र्ड साइक्लिस्ट क्लब नेपालका अध्यक्ष कपिल शाहीले नागरिक भेला नितान्त वातावरण, दुर्घटना र स्वास्थ्यसँग सम्बन्धितरहेको बताए । सहरी क्षेत्रमा सडक स्टाण्डडबनाएर सडक बनाइनुपर्ने, निर्माणाधीन कलङ्की–चावहिलसडक खण्ड फुटपाथ र ह्वीलचेयर प्रयोगकर्ताहरुलाई समेत सहजहुने गरी साईल लेन समेतको व्यवस्थागरिनु पर्ने उनीहरुको माग छ । सरकारले वातावरणलाई संरक्षण गर्न विद्युतीय सवारीमा सहुलियतदिनुपर्ने अध्यक्षशाहीको माग छ ।

त्यसैगरी साइकलयात्रीहरु, मचकाजीमहर्जन, लक्ष्मीश्रेष्ठले साईल यात्राकाफाइदा, यसक्रममाआफूहरुले भोग्नुपरेको दुःख, पीडाका बारेमाआफ्नाभनाईहरु राखेकाथिए ।
उनीहरुले आगामीदिनमा सरकारले साईकलयात्री, अपाङ्गताभएकाव्यक्ति र पैदलयात्रीलाई प्राथमिकतादिनेगरी नीतिल्याउन र सोहीअनुसार कार्यान्वयनमाआउन जरुरी रहेको बताएकाथिए । उनीहरुले आगमीभदौ १६ गतेको कार्यक्रममाउत्साहजनक सहभागिताकालागिआग्रहसमेत गरे ।

 

प्रतिक्रिया