२३ भाद्र २०८१, आइतबार | September 8, 2024

चीनको बीआरआईबारे प्रचण्डले के गर्लान् ?


August 29, 2023
0
Shares

काठमाडौं, १२ भाद्र । चीन भन्छ- नेपालमा विकास परियोजनासम्बन्धी बेल्ट एण्ड रोड इनिशियटिभ बीआरआई कार्यान्वयन भइसक्यो । नेपाल भन्छ-कार्यान्वयन भएको छैन । तर, चीनले प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रि विमानस्थल उद्घाटन गर्दा बीआरआई कार्यान्वयन भएको दाबी गरेको थियो ।

२०२३ को जनवरी १ मा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित व्यवसायिक उडानका अझै हुन सकेको छैन । विमानस्थल सेतो हात्ति सावित हुँदैछ । चीनबाट ऋण लिएर चीनकै निर्माण कम्पनीले निर्माण गरेको विमानस्थल निर्माणमा अनियमितताको विषय पनि उठ्दै आएका छन् ।

चिनियाँ राजदूत चेन सोङ बीआरआई कार्यान्वयन भइसकेको बताउँछन् जबकि उनले भनेको बीआरआई परियोजना नेपाललाई ऋण बोकाउन उद्धत छ ।

अर्कोतर्फ, नेपालका अधिकारीहरु चीन जाँदा बीआरआईकै कुरा उठ्छ । यसको कार्यान्वयन घोषणा गरिहाल्न जोड दिन्छन् । यो विषय उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणबाट अनुभव गरिसकेका छन् । उनले चीनको चासो बीआरआई कार्यान्वयनमा रहेको बताएका थिए ।

प्रचण्डको अब हुने चीन भ्रमणमा बीआरआईबारे के हुन्छ ? चासो बनेको छ । उनले संसदमा मंगलबार सांसदहरुको प्रश्नको उत्तर दिने क्रममा विगतको सहमति कार्यान्वयन गरिने बताए । त्यसमा बीआरआईको कार्यान्वयनको विषय पनि उठ्न सक्छ । यसबारे प्रचण्डले सम्झौता गर्ने सम्भावना नभएको होइन ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७५ मा बीआरआईको सम्झौता भएको थियो । तर, नेपालले अनुदान भएमात्र स्वीकारिने जवाफ दिएर कार्यान्वयन गर्न मानेको छैन । यो सम्झौता भएमा नेपालमा श्रीलंका र पाकिस्तानको जस्तै ऋणको भारी बोक्ने अवस्था आउने आशंका पनि गरिएको छ । चीन अनुदान दिन तयार छैन ।

अमेरिकी विकास परियोजनासम्बन्धी एमसीसी अनुदान हो । यसैलाई देखाएर नेपालले बीआरआईमा पनि अनुदान दिन आग्रह गरेको छ ।

प्रचण्डलाई बीआरआई कार्यान्वयनको दबाब छ । उनले बेला बेलामा यसबारे निर्णय गर्ने सन्देश दिने गतिविधि गरिरहेका छन् । तर, सत्तारुढ घटक नेपाली काँग्रेस बीआरआई ऋण नभई अनुदान भए लिने पक्षमा रहेकाले प्रचण्डलाई निर्णय लिन कठिन छ ।

प्रतिक्रिया