१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मुख्य नाइकेलाई उन्मुक्ति दिने सीआईबीको षड्यन्त्र: प्रकाश रायमाझी


August 28, 2023
0
Shares

काठमाडौं, ११ भदौ । राजनीतिक विश्लेषक तथा लेखक प्रकाश रायमाझीले ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सीआईबी) को अनुसन्धान फितलो भएको टिप्पणी गरेका छन् । सीआईबीले संगठित अपराधका मुख्य नाइकेलाई उन्मुक्ति दिने षडयन्त्र गरेको उनको ठहर छ ।

पछिल्लो समय समाजको विकृतीविरुद्ध ऐनाको रुपमा प्रस्तुत हुँदै आएका रायमाझीले सोमबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले लेखेका छन्,“सत्ताधारी व्यक्तिविशेषको स्वार्थमा मुद्दा अगाडि बढाएको देख्दा न्याय हराएको अनुभूति भएको छ ।”

मुद्दामा अभियुक्तहरुलाई छानी छानी भेदभाव गरेको आरोप लगाउँदै लेखेका छन्,“ एनआरएनलाई मुद्दा नचलाउनु र पूर्वप्रधानमन्त्रीहरुलाई निवासमा गएर बयान लिनु जस्तो हास्यास्पद अनुसन्धान के हुनसक्छ ?”

गृहमन्त्रालय मातहत रहेको सीआईबी सरकारी वकिल र महान्यायधिवक्ता कार्यालयको दबाबमा परेको विश्लेषक रायमाझी ठोकुवा गर्छन् । “एउटै विषयको अनुसन्धानबाट व्यक्ति बिशेषको हकमा फरक ढङ्गबाट मुद्दा अगाडि बढाउनु र त्यही प्रकृतिको मुद्दामा सरकारी वकिलको कार्यालयले आफ्नो कुनै राय र अडान लिन नसक्नु भनेको सरकारी वकिल र महान्यायधिवक्ता समेत दबाब वा प्रलोभनमा परेको प्रष्ट बुझ्न सकिन्छ ।”–उनले लेखेका छन्,“त्यस्तो नाटकीय अनुसन्धानबाट सर्वसाधारणलाइ दुख दिने राज्यशक्ति दुरुरयोग गरी पैसा कमाउने सजिलो माध्यम बनाइ ललितानिवास मुद्दामा प्रचण्ड सरकारको नियत र उद्देश्य के हो सारा नेपालीले बुझ्ने मौका पनि पाएका छन् ।”

सो प्रकरणमा सरकारी वकिलको कार्यालयमा घेराउ गर्दै आफूहरुले दवाव दिएको जानकारी गराउँदै रायमाझीले विधीको शासनको उल्लंघन हुँदा जनता रमिता हेरेर बस्न नसक्ने पनि चेतावनी दिएका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया