आईओई र त्रिवि पदाधिकारीको हिसाब गर्ने नेविसंघ अध्यक्षको चेतावनी
काठमाडौं, ६ भदौ । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वभाविक रूपमा शुल्क बढाइएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ। आज पत्रकार सम्मेलन गर्दै नेविसंघ केन्द्रीय समितिले इन्जिनियरिङ शिक्षा विद्यार्थीको व्यक्तित्व विकासमात्र नभएर राष्ट्र निर्माण र विकासको बलियो आधार भएकाले शुल्क वृद्धिको निर्णयबाट त्रिभुवन विश्वविद्यालय र इन्जिनियरिङ्ग अध्ययन संस्थान (आईओई) पछाडि हट्नुपर्ने माग गरेको हो ।
गुणस्तरीय इन्जिनियरिङ अध्ययनका लागि नेपाली विद्यार्थीहरू प्रत्येक वर्ष ठूलो संख्यामा विदेश गइरहेको अवस्थामा स्वदेशमा रहेका क्याम्पसहरुमा चर्को शुल्कवृद्धि गरिनु बुद्धिमानी नहुने नेविसंघको ठहर छ । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अन
