२३ भाद्र २०८१, आइतबार | September 8, 2024

तामाङ कथानक चलचित्र ‘ङिङजे’ असोज १ गते प्रदर्शन हुने


August 21, 2023
249
Shares

काठमाडौं, ४ भाद्र । तामाङ कथानक चलचित्र ‘ङिङजे’ असोज १ बाट प्रदर्शनमा आउने भएको छ । पेमा लामा योञ्जनको प्रस्तुति तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा निर्माण पारिएको तामाङ कथानक चलचित्र ‘ङिङजे’ को प्रदर्शन अगावै चासो बढेको छ ।

चलचित्र निर्माण पक्षले विशेष पत्रकार सम्मेलन गरी चलचित्रको ट्रेलर‚ चलचित्रमा समावेश गरिएको गीत ‘भर आरे जीन्दगीला’ र चलचित्रको टाइटल गीतको भिडियो एकै साथ सार्वजनिक गरेका छन् । सोमबार त्यसबारे जानकारी दिएसँगै प्रदर्शन मिति समेत सार्वजनिक गरेका हुन् ।

चलचित्रको कथा, पटकथा र संवाद ऋतुराज पाख्रिनको रहेको छ । निर्माता दीपेन्द्र लोप्चन ‘मुरली’, रन्जिता स्याङ्तान रहेका छन् भने सहनिर्माता प्रवीण कुमार तामाङ रहेको छ । चलचित्रको निर्देशन अमिर दोङले गरेका हुन भने सह निर्देशनको भूमिका कुईसाङ रुम्बाले गरेका हुन् ।

ह्याङ तामाङ घि तादोला भन्ने मुल नारा बोकेर सदैव चलचित्र मार्फत सन्देशको विगुल फुक्ने तामाङ चलचित्र ङिङ्जेले हाम्रा नेपाली समाजमा घटिरहेका यथार्थ विषयवस्तु समेटिएर निर्माण गरिएको चलचित्रमा तामाङ भाषा, संस्कार,संस्कृति, रितिरिवाज र हिमठिमलाई समेत मुख्य केन्द्रविन्दु बनाएर तयार पारिएको छ । मानव जीवनमा जन्मदेखी मृत्युसम्मको कथालाई समेटिएको छ ।

अभिभावकले मादक पदार्थ सेवन गर्दा मानशिक रुपमा छोराछोरीलाई कस्ता खालका असर गर्छ भन्ने खालका सन्देशमुलक विषय रहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया