३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नेविसंघ असन्तुष्ट पक्षको रिले अनसन सुरु,विधानसम्मत केन्द्रीय समितिको माग


August 16, 2023
83
Shares

काठमाडौँ,३१ साउन । नेपाल विद्यार्थी संघ (नेविसंघ)को असन्तुष्ट पक्षले रिले अनशन सुरु गरेको छ । विधान सम्मत केन्द्रीय समिति विस्तार गर्नुपर्ने माग राख्दै केन्द्रीय पार्टी कार्यालय सानेपामा नेविसंघको असन्तुष्ट पक्षले आजदेखि रिले अनशन सुरु गरेको हो ।

केही दिनअघि मात्रै नेविसंघको ७ सय १० जनाको केन्द्रीय तदर्थ समिति गठन गरिएको थियो । पार्टीका सभापति शेरबहादुर देउवाले गरेको मनोनयन समावेशी नभएको भन्दै असन्तुष्ट पक्षले अनसन सुरु गरेको नेविसंघ नेता दीपक ओझाले बताए । तदर्थ समिति अवैधानिक भएको असन्तुष्ट पक्षको आरोप छ ।

‘नेपाल विद्यार्थी संघको बिधान २०२७ को सातौं संसोधन २०७५ को रक्षार्थ रिले अनशन थालेका हौं ।’–ओझाले बताए । विद्यार्थी नेताहरु गणेशमान शाह र रामजी बस्नेतले अनशन सुरु गरेका हुन् । नेविसंघको केन्द्रीय कार्यसमिति विधानसम्मत सबैको प्रतिनिधित्व हुनेगरी समावेश गर्नुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया