२३ भाद्र २०८१, आइतबार | September 8, 2024

नेविसंघको कान्छो केन्द्रीय सदस्यमा आशिष देवकोटा चयन


0
Shares

काठमाडौं, २३ साउन । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी सँघमा ठुलो संख्यामा केन्द्रीय सदस्य मनोनित भएका छन् ।

पार्टी सभापति शेरबहादुुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ७ सय १० जनालाई मनोनयन गरेका हुन् ।

नेबिसंघले ३२ वर्ष मुनिको ७११ सदस्यीय केन्द्रीय तदर्थ समितिमा सबैभन्दा कान्छो २२ वर्षको उमेरमा आशिष देवकोटा चयन भएका छन्। देवकोटाको जन्म कर्णाली प्रदेशको मुगु जिल्ला सोरु–१०, धैन मा २०५७ साल कार्तिक ८ गते भएको हो।देवकोटा सानैदेखि राजनिति गर्न रुचाउँथे।देवकोटाको राजनीति हेर्दा १७ वर्षमा नेबिसंघ लुम्विनी प्रदेश ऋत्भ्ख्त् नेबिसंघ सह–सचिव, १८ वर्षमा नेपाली काङ्ग्रेस मुगु जिल्ला युवा तथा खेलकुद बिभाग र नेपाली काङ्ग्रेस प्रचार प्रसार विभाग को जिल्ला सदस्य भएका थिए। त्यसैगरी २०७९ बैशाखमा सम्पन्न स्थानिय निर्वाचनमा नेपाली काङ्ग्रेस प्रचार प्रसार केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थियो।

देवकोटा नेबिसंघ रामपुर क्याम्पस, चितवनको २० वर्षमा इकाई सचिव २१ वर्षमा इकाई सभापति भएका थिए । साथै केही समय अघि चैत्र १७ गते रामपुर क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेबिसंघबाट सभापतिको उम्मेदवार देवकोटा हुदाँ नेपाली काङ्ग्रेसका अनुसार नेकपा एमाले र माओवादी निकट संघठन क्रमशः अनेरास्ववियु र क्रान्तिकारी मिलि एउटै संघठन बनाई क्याम्पस प्रमुख र निर्वाचन अधिकृतले आफुखुसि समिति बनाउन धाँधली,बुथ कब्जा गरी देवकोटालाई क्याम्पस हाताभित्र हतकडि लगाई निर्मम तरिकाले कुटपीट गरी अचेत बनाइएको थियो।
लगत्तै उनलाई चितवन मेडिकल कलेज लगिएको थियो।उनले १४ दिन सम्म चितवन मेडिकल कलेजमा भर्ना भएर उपचार गरेका थिए।

यस घटनाको चारैतिरबाट पार्टी भित्र, संसद भित्र र बाहिर बिरोध भएको थियो। अझै पनि स्ववियु विवादित छ। यसको उचित मुल्यांकन गर्दै देवकोटा नेपाली काङ्ग्रेसले सानै उमेरमा केन्द्रीय कार्यसमितिमा नियुक्त गरेको भन्दै निकै खुशी भएका छन् । नियुक्ति भएपछि देवकोटाले सक्रियताको आधार र पार्टीलाई दिएको योगदानको कदर गर्दै आफूलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको हुन सक्ने बताए । मनोनयन पछि पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्ने पनि उनको प्रतिवद्धता छ ।

प्रतिक्रिया