१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बाग्मती कांग्रेसले ‘विशेष आन्तरिक अभियान’सफल बनाउन तोक्यो प्रदेश प्रतिनिधि


0
Shares

काठमाडौं,१९ साउन । बाग्मती प्रदेश नेपाली कांग्रेसले सांगठनिक सृदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने ‘विशेष आन्तरिक अभियान’लाई सफल बनाउन सबै जिल्लामा प्रतिनिधि तोकेको छ ।

बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले विभिन्न १३ जिल्लामा प्रदेश प्रतिनिधि तोकेका हुन् । काठमाडौं जिल्लाका लागि बागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठ प्रदेश प्रतिनिधि तोकिएका हुन् । काठमाडौं अन्तर्गतका प्रदेश सभा क्षेत्रहरुमा २० जना प्रतिनिधिहरु तोकिएको छ ।

ललितपुरको प्रदेश प्रतिनिधिमा बाग्मती प्रदेश कार्यसमितिका सदस्य प्रभात तामाङ प्रतिनिधि चुनिएका थिए । ललितपुर अन्तर्गतका प्रदेश सभा क्षेत्रमा ६ जना प्रतिनिधिहरु छानिएका छन् ।

बाग्मती कांग्रेसका सहमहामन्त्री ऋषिराम घिमिरेलाई भक्तपुरको प्रदेश प्रतिनिधि तोकिएको छ । भक्तपुरको क्षेत्रहरुमा ४ जना प्रतिनिधिहरुलाई जिम्मेवारी दिइएको छ ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया