१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पाथिभरा माताले सबैको रक्षा गरुन


0
Shares

काठमाडौं,१८ साउन । आज ०३ अगस्ट २०२३, बिहीबार । श्रावण ’आधिक’ महिनाको कृष्ण पक्षको दोस्रो तिथि हो ।

मेष राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ। व्यापार–व्यवसायमा लाभ मिल्नेछ । परिवारमा शुभ कार्यक्रम हुनेछ । धार्मिक यात्रामा जान सकिनेछ । विरोधी वर्गबाट सावधान रहनुहोस्। प्रियजनको पूर्ण सहयोग मिल्नेछ । कुनै ठुलो काम पुरा हुनसक्छ ।

वृष राशि
आजको दिन शुभ रहनेछ। कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार व्यावसायमा लाभको सम्भावना रहनेछ । इष्टमित्र तथा आफन्तजनको पूर्ण सहयोग प्राप्त हुनेछ । परिवारका साथ घुमघाम आदिमा जान सकिनेछ। आज विशेष व्यक्तिसँग भेटघाटले तपाईका लागि लाभको नयाँ बाटो खोल्नेछ।

मिथुन राशि
तपाईको लागि आजको दिन राम्रो रहनेछ। मन स्थिर र प्रसन्न रहनेछ। वाणीको प्रभावले आज रोकिएका काम पुरा हुनेछन् । कसैलाई विशेष भेट्नुपर्छ। आज नयाँ व्यापार सुरु गर्न सकिनेछ । श्रीमतीको स्वास्थ्यको ख्याल गर्नुहोला ।

कर्कट राशि
आज तपाईको लागि महत्वपूर्ण दिन हो। आज तपाईले कार्य क्षेत्रमा ठूलो निर्णय लिन सक्नुहुन्छ, जसको प्रभाव तपाईको जीवनमा देखिनेछ। आर्थिक अवस्था कमजोर रहनेछ । तर कार्यस्थलमा साथीभाइ र सहकर्मीबाट आर्थिक सहयोग मिल्नेछ। कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । परिवारमा शुभ कार्यको सम्भावना छ, परिवारमा नयाँ पाहुनाको आगमन हुन सक्छ।

सिंहको राशि
आजको दिन तपाईको सामान्य रहनेछ। विशेष व्यक्तिसँग भेटघाट हुने सम्भावना छ, जसका कारण व्यवसाय आदि क्षेत्रमा लाभ मिल्नेछ। आज कुनै नयाँ ठूला कामको थालनी गर्न सकिनेछ । सहकर्मीबाट राम्रो सहयोग मिल्नेछ । परिवारमा शुभ कार्यको अवसर मिल्नेछ । परिवारसँग घुम्न जान सकिनेछ। नयाँ घर आदि किन्न सकिनेछ।

कन्या राशि
आज तपाईको मन अशान्त रहनेछ। केही अज्ञात भय मनमा रहनेछ। परिवारमा नजिकको व्यक्तिको स्वास्थ्य बिग्रन सक्छ। व्यापार–व्यवसायमा घाटा बेहोर्नु पर्नेछ । नजिकको व्यक्तिको व्यवहारले मन खिन्न हुन सक्छ। घरपरिवारको वातावरण तपाईको विरुद्धमा रहनेछ।

तुला राशि
आजको दिन तपाई आफ्नो स्वास्थ्यको कारण केहि चिन्तित रहन सक्नुहुन्छ। लामो यात्रामा जाने अवसर मिल्नेछ । आज कुनै विशेष कामका लागि प्रतिद्वन्द्वीका अगाडि झुक्नु पर्नेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ । कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । परिवारमा प्रियजनको पूर्ण सहयोग प्राप्त हुनेछ।

वृश्चिक राशि
आज तपाई कसैको स्वास्थ्यको बारेमा चिन्तित हुनुहुनेछ। आमाबाबुको स्वास्थ्य अचानक बिग्रन सक्छ। आज व्यवसायमा पार्टनरको सहयोग मिल्नेछ । आज कुनै ठूलो काम सुरु गर्न सकिनेछ। काममा बाधा अवश्य आउनेछ । बोलीमा संयम राख्नु होला ।

धनु राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ । रोकिएका काम सम्पन्न हुँदा मन प्रसन्न रहनेछ। कसैले आफ्नो पुरानो साथीलाई भेट्नेछ। आज कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । परिवारमा कुनै पनि विवाह सम्बन्ध पुष्टि गर्न सकिन्छ। पत्नीको साथ र माया मिल्नेछ।

मकर राशि
आजको दिन निकै व्यस्त रहनेछ । आज कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । जसका लागि तपाईलाई निकै मिहिनेत गर्नुपर्ने हुनसक्छ । व्यवसायमा सहकर्मीको व्यवहार राम्रो रहनेछ। आज साथीभाइबाट आर्थिक सहयोग मिल्नेछ । परिवारमा नयाँ पाहुनाको आगमन हुन सक्छ।

कुम्भ राशि
आजको दिन तपाईको लागि धेरै राम्रो रहनेछ, योजनाबद्ध कामहरु पूरा हुनेछन्। सवारी साधन आदि प्रयोग गर्दा सावधानी अपनाउनुहोला । साथै, मौसमको कारणले स्वास्थ्यमा समस्या आउन सक्छ। तर व्यापारमा भने ठूलो सफलता मिल्नेछ । तपाईंको रोकिएको काम फेरि सुरु हुन सक्छ। कार्यक्षेत्रमा ठूलो साझेदारी हुनसक्छ । परिवारमा शुभ कार्य हुनेछ, मान सम्मान बढ्नेछ।

मीन राशि
जुन काममा तपाई आज प्रयास गर्दै हुनुहुन्छ, तपाईको त्यो काम आज बिग्रन सक्छ । तपाईंको कार्यस्थलमा विरोधी वर्गहरूले तपाईंलाई समस्या गर्न सक्छ। साथै, तपाईका सहयोगीहरूसँग बहस हुन सक्छ। व्यापारमा ह्रास आउनेछ । स्वास्थ्य सामान्य रहनेछ। घरपरिवारमा सम्पत्तिको विषयमा मतभेद हुनसक्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया