सुशासनका लागि युवाको निगरानी र खबरदारी
जानकी आचार्यः शासनलाई लोक कल्याणका लागि शक्ति र स्रोतको परिचालन गर्ने विधिको रूपमा परिभाषित गर्न सकिन्छ । सुरक्षा निकाय, कानून बनाउने तथा नीति निर्माण गर्ने, त्यसको परिचालन गर्ने, निर्णय लिने र निर्णय कार्यान्वयन गराउने जस्ता यावत कार्य शक्ति अन्तर्गत पर्दछन् भने राजश्व उठाउने र त्यसलाई परिचालन गर्ने अधिकार स्रोतको क्षेत्रभित्र पर्दछन् । कुनै पनि शक्ति र स्रोतको परिचालन आम नागरिकको हितका लागि उनीहरूको जीवन गुणस्तरीय बनाउनका लागि वा नागरिक आवश्यकता र आकांक्षा सम्बोदन गर्नका लागि गरिन्छ ।
सुशासन अर्थात् असल शासन, एउटा आदर्शतम् अवस्था, जहाँ शासकहरूले आफ्नो व्यक्तिगत हितभन्दा माथि उठेर जनताको हितका लागि कार्य गर्दछन्, जनताको सुख, दुःखमा साथमा रहेर जनताले चाहे अनुसार उनीहरूको जीवनस्तरलाई गुणस्तरीय बनाउन शासन गर्दछन् र जनतालाई सरकारले स्रोतको दुरुपयोग गरेको छैन, राम्रो अर्थात् पारदर्शी तरिकाले हाम्रो हितमा कार्य गरिरहेको छ, भन्ने कुराको अनुभूति गराइने अवस्थालाई नै सुशासनको रूपमा परिभाषित गर्न सकिन्छ ।
एउटा शासन असल हुनका लागि अर्थात्, मूलुकमा सुशासन कायम हुनका लागि हरेक निर्णय प्रक्रियामा नागरिकको अर्थपूर्ण सहभागिता हुनु आवश्यक हुन्छ, हरेक निर्णय पारदर्शी हुनु आवश्यक हुन्छ । जनतालाई स्वच्छ, पारदर्शी, सदाचारी एवम् प्रभावकारी तवरले सेवा प्रवाह गरि प्रत्येक नागरिकलाई सुखी, खुसी, सम्पन्नशाली एवम् सन्तुष्ट तुल्याउने कार्य गरिनु आवश्यक हुन्छ । सरकारले गरेका कामहरू नतिजामूलक छन् अथवा जनताको आकांक्षालाई सम्बोधन गर्ने खालका छन् भने मात्र त्यो शासन सुशासनयुक्त शासन हुन जान्छ ।
कुनै समयमा सरकार शासक हो सरकारले मात्र शासन गर्दछ भन्ने मान्यता जनमानसमा हावी थियो । शासन प्रणाली अथवा शासकिय क्रियाकलाप सबै सरकारको हातमा सिमीत हुदैन सरकार शासनको एउटा पात्र मात्र हो सुशासन कायम राख्न सर
