८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

राप्रपा नेपालले संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चासँग एकता गर्दै


0
Shares

काठमाडौं,१६ साउन । राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज एकता हुँदैछ ।

गत आइतबार कमल थापा नेतृत्वको राप्रपा नेपाल र तारानाथ लुइटेल नेतृत्वको मोर्चाबिच भएको सहमति अनुसार राष्ट्रिय सभागृहमा एकता हुन लागेको हो ।

आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणा दिउँसो २ बजेबाट औपचारिक कार्यक्रम सुरु हुनेछ । त्यसका लागि अन्तिम तयारी पुरा भएको राप्रपा नेपालले जनाएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरूको उपस्थितिमा एकता भएको घोषणा गर्न लागिएको हो ।

प्रतिक्रिया