३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्राज्ञिक विद्यार्थी परिषद् नेपालको देशव्यापी सदस्यता अभियान दाङको अम्बिकेश्वरी क्याम्पसबाट शुभारम्भ


0
Shares

दाङ, १५ साउन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देशव्यापी सदस्यता अभियान शुभारम्भ गरेको छ । साउनको सोमबार पारेर दाङको घोराहीस्थित श्री अम्बिकेश्वरी क्याम्पसबाट सदस्यता अभियान शुभारम्भ भएको हो ।

परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले अम्बिकेश्वरी क्याम्पसका शिक्षक केशवप्रसाद रिजाललाई सदस्यता हस्तान्तरण गरी अभियान शुभारम्भ गरेका हुन् । क्याम्पसका सयौं विद्यार्थीले सदस्यता प्राप्त गरेका छन् ।

प्राज्ञिकले आज नै देशका विभिन्न प्रदेशहरुमा सदस्यता अभियान शुभारम्भ गरेको छ । देशभर हजारौं विद्यार्थी र शिक्षकले प्राज्ञिकको सदस्यता प्राप्त गरेका छन् ।

प्राज्ञिक स्वतन्त्र संगठन हो जसले शिक्षा क्षेत्रलाई स्वतन्त्र बनाउने अभियान चलाएको छ ।

प्रतिक्रिया