२३ भाद्र २०८१, आइतबार | September 8, 2024

प्राज्ञिक विद्यार्थी परिषदद्वारा पूर्वमा सदस्यता अभियान मोरङको जनता क्याम्पसबाट शुभारम्भ


0
Shares

विराटनगर, १५ साउन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देशव्यापी सदस्यता अभियान सबै प्रदेशहरुमा चलाएको छ । पूर्वमा मोरङको रंगेलीस्थित जनता क्याम्पसबाट सदस्यता अभियान सुरु भएको हो ।

प्राज्ञिकका राष्ट्रिय सचिव विवश कटवालले सगरमाथा प्रदेशमा सदस्यता अभियान शुभारम्भ भएको जानकारी दिए । रंगेलीस्थित जनता क्याम्पसमा सयौं विद्यार्थीले सदस्यता लिएका छन् ।

प्राज्ञिक कुनैपनि राजनीतिक दलसँग आवद्ध संगठन होइन । स्वतन्त्र संगठनका रुपमा उसले शैक्षिक संस्थालाई स्वतन्त्र राख्ने अभियान नै चलाएको छ ।

प्राज्ञिकले आजैबाट त्रिभुवन विश्वविद्यालयमा सदस्यता अभियान चलाइसकेको छ । देशका सातवटै प्रदेशमा सदस्यता अभियान शुभारम्भ भएको छ । एकै दिन हजारौं विद्यार्थीले सदस्यता लिएका छन् ।

 

प्रतिक्रिया