२२ भाद्र २०८१, शनिबार | September 8, 2024

अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी


0
Shares

काठमाडौं, १२ साउन । हाडनाताभित्रको विवाहबारे विवादित अभिव्यक्ति दिएकी अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

पाण्डेले एक टेलिभिजनमा दिएको अन्तर्वातालाई लिएर आपक्ति जनाउँदै तामाङ समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएपछि उनलाई पक्राउ पुर्जी जारी भएको हो ।

पाण्डेले हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरुबाट जन्मने बच्चामा दुष्प्रभाव पर्न सक्ने अभिव्यक्ति दिएपछि उनीविरुद्ध जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न माग गर्दै जाहेरी परेको हो ।

प्रतिक्रिया