२ माघ २०८१, बुधबार | January 15, 2025

प्रधानमन्त्री प्रचण्ड र युएन महासचिव गुटेरेजबीच के के कुरा भयो


0
Shares

काठमाडौं, ८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेजबीच भेटवार्ता भएको छ । सोमबार इटालीमा भएको भेटमा नेपालको राष्ट्रसंघमा सक्रिय भूमिकाका विषयमा छलफल भएको जनाइएको छ ।

राष्ट्रसंघका प्रवक्ताले गुटेरेजले नेपाललाई शान्ति स्थापनामा खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गरेका छन् । नेपालले अल्पविकसित राष्ट्रको श्रेणीबाट आफूलाई उठाउन गरिरहेको प्रयासमा साथ रहने समेत बताए ।

भेटबारे प्रचण्डले सामाजिक सञ्जालमार्फत् जलवायु परिवर्तन, खाद्य सुरक्षा, युएनसँगको बलियो सहकार्यका विषयमा छलफल भएको जानकारी दिएका छन् । उनले इटालीमा आयोजित खाद्य प्रणाली शिखर सम्मेलनमा साइडलाइन बैठक भएको समेत बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड २४ देखि २६ जुलाई सम्म इटालीमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन शनिवार त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रचण्डको साथमा छोरी गंगा दाहाल, नेपालका कृषिमन्त्री डा. वेदुराम भुषाल, योजना आयोगका सदस्य डा. जयकान्त राउत पनि भ्रमणमा सहभागी छन् ।-Photo Source: UN

प्रतिक्रिया