त्रिभुवन विमानस्थलबाट ५० किलोभन्दा बढी सुन बरामद

काठमाडौं,३ साउन । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा आज सुन बरामद भएको छ ।
अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइनसकेको बताइएको छ । ५० किलोभन्दा बढी रहेको स्रोतले जनाएको छ ।
स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको हो ।