२३ भाद्र २०८१, आइतबार | September 8, 2024

भद्र कुमारी घलेले हडपेको अनधिकृत संरचनामा डोजर लगाउने बालेनको तयारी


0
Shares

काठमाडौं । स्वास्थ्य सदनसहित पूर्वमन्त्री भद्र कुमारी घलेले हडपेको अनधिकृत संरचनामा डोजर लगाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले तयारी थालेका छन् । उनले आजसम्म ठाउँ खाली गराउन पूर्वमन्त्री घलेले अल्टिमेटम दिएका छन् ।

काठमाडौं महानगरपालिकाको नगरी प्रहरीले सामान हटाउन निर्देशन दिइसकेको छ । स्वास्थ्य लाइभले पूर्वमन्त्री भद्र कुमारी घलेले सरकारी जग्गा अनधिकृत कब्जा गरेको खुलासा गरेपछि बालेनले चासो देखाएका हुन् । बालेनको निर्देशनमा भद्र घलेले हडपेको जग्गाको रेखाङ्कन समेत भइसकेको छ । घलेका आफन्तले सरकारी जग्गामा बनेका संरचनाबाट मासिक लाखौं भाडा उठाउँदै आएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री भद्र कुमारी घलेले कब्जा गरेको सरकारी जग्गामा चासो देखाउँदै आएको छ । अख्तियारले काठमाडौं महानगरपालिकासँग भद्र घलेले हडपेको सरकारी जग्गाको पटकपटक विवरण मागे पनि महानगरले अहिलेसम्म उपलब्ध गराएको छैन । उक्त तथ्य स्वास्थ्य लाइभले खुलासा गरेपछि बालेन तातिएका हुन् ।

अख्तियारमा भद्र घलले कब्जा गरेको ११ रोपनी सरकारी जग्गामा कृष्ण सार्वजनिक स्वास्थ्य सेवा सदनलगायतका संस्था खडा गरेर गैर कानुनी आर्थिक लाभ लिएको उजुरी परेको थियो । त्यस्तै भद्र शिक्षा सदन, कृष्ण भक्त एवं भक्त कुमारी घले पाहुना घर बनाउनुका साथै सटर, पसलकवलहरू निर्माण उठाई आर्थिक लाभ समेत लिइरहेको भन्ने व्यहोरा समेतको अख्तियारमा उजुरी परेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित कित्ता नम्बर १२,१२, १२२, २२३, २२५ र २२६ लगायका धोबीखोलाका अन्य सरकारीरसार्वजनिक जग्गा भद्र कुमारी घले सदनले गैर कानुनी रुपमा कब्जा गरेको हो । ती जग्गाहरूमा संरचाना निर्माण गरेर भाडा खाइरहेको विषयमा अख्तियारले काठमाडौं महानगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराएको पाइन्छ ।

सार्वजनिकरसरकारी जग्गाहरु कब्जा गरी जेष्ठ नागरिक सदन, उपत्यका तमु गुम्बालाई जग्गादान दिई सो समितिले ५ तलेसम्मको भवन निर्माण गरी कार्यालय समेत स्थापना गरेको अख्तियारले जनाएको छ । सरकारीरसार्वजनिक जग्गा मन्त्रिपरिषद्को निर्णयबाट मात्र प्राप्त गर्न सकिन्छ । संरचना बनाउँदा नक्सापास अनिवार्य रुपमा गर्नु पर्छ । तर, अख्तियारका अनुसार भद्र कुमारी घलेले सबै सीमा पार गरेर सरकारी जग्गाको ब्यापक दुरुपयोग गरेकी छिन् ।

अख्तियारले महानगरसँग स्वास्थ्य सेवा सदनलगायतका भवन रहेको जग्गाको कित्ता नम्बर, क्षेत्रफल तथा नक्सा समेतको विवरण उक्त संस्था तथा समितिहरूले सरकारी सार्वजनिक जग्गा अतिक्रमण तथा कब्जा गरेरनगरेको यकिन गरी सो सम्बन्धमा स्पष्ट राय प्रतिक्रिया सहितको अध्ययन प्रतिवेदन माग गरेको छ ।

काठमाडौं महानगरपालिका र वडा नम्बर १० लाई अख्तियारले भद्र घलेले कब्जा गरेको जग्गाको विषयमा पटकपटक ताकेता गर्दा पनि जवाफ पाएको छैन । अख्तियारका एक उच्च अधिकारीका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर १० लाई सरकारी जग्गाका विषयमा दुई दर्जन बढी पत्र पठाइएको छ । तर, अहिलेसम्म अख्तियारले जवाफ पाएको छैन । अब भने बालेनले एक्सन लिने तयारी थालेका छन् । स्वास्थ्यलाइभ

प्रतिक्रिया