२३ भाद्र २०८१, आइतबार | September 8, 2024

सरकारले गर्यो छ राजदूत सिफारिस


0
Shares

काठमाडौँ, असार ३१ गते । सरकारले ६ राजदुत सिफारिस गरेको छ । विभिन्न छ राष्ट्रका लागि ६ जना राजदूत सिफारिस गरेको हो । नेतृत्वविहीन सात दूतावासमध्ये छ वटाका लागि राजदूत सिफारिस गरेको हो ।

मन्त्रीपरिषद्को बिहीबारको बैठकले मन्त्रालयले सिफारिस गरेका नामलाई अनुमोदन गर्दै राजदूतका लागि सिफारिस गरेको हो । सिफारिस भएका छ जना नै परराष्ट्र मन्त्रालयका सहसचिव अर्थात् पेसागत कूटनीतिज्ञ हुन् ।

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा सहसचिव लोकबहादुर थापा,जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका लागि रामप्रसाद सुवेदी सिफारिसमा परेका छन् । सुवेदी मन्त्रालयको दक्षिण एसिया विभाग प्रमुख र थापा उत्तरपूर्वी एसिया विभागको प्रमुख हुन् ।

यसैगरी, सहसचिव तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्सका लागि राजदूत सिफारिस भएका छन् । सहसचिव घनश्याम लम्साल कुबेत, मन्त्रालयको क्षेत्रीय सङ्गठन विभाग प्रमुख धनबहादुर ओली थाइल्यान्ड, शिष्टाचार विभाग प्रमुख सुधीर भट्टराई फ्रान्सका लागि राजदूत सिफारिस भएका छन् । मन्त्रालयका अनुसार क्यानडाको राजदूत सिफारिस हुन बाँकी छ।

प्रतिक्रिया