५ आश्विन २०८१, शनिबार | September 21, 2024

टुकुचाको पानी विष्णुमती र बाग्मतीमा व्यवस्थापन गर्न कांग्रेस नेता श्रेष्ठको बालेनलाई सुुझाव


0
Shares

काठमाडौं,२८ असार । नेपाली कांग्रेसका नेता सानुकान्छा श्रेष्ठले काठमाडौं महानगरका मेयर बालेन शाहलाई टुकुचाको पानी विष्णुमती र बाग्मतीमा व्यवस्थापन गर्न सके उत्तम हुने सुझाव दिएका छन् ।

कांग्रेस बाग्मती प्रदेशका कानुन तथा संसदीय मामिला प्रमुख श्रेष्ठले टुकुचाको अन्त्य कालोमोचनमा फोहर पानीलाई ट्रिटमेन्ट प्लान जडान गरि सफा पानी बिष्णुमति र बागमती खोलामा बग्ने ब्यवस्थापन गरेमा अति सफा र शहर सुन्दर हुने बताएका हुन् ।

हात्तीगौडांदेखि घर–घरको र वर्षातको पानी गहिरो ठाउँ खोज्दै आउँदा टुकुचा खोला भएको उल्लेख गर्दै श्रेष्ठले टुकुचा खोलाको मुहान नभएको पनि स्पष्ट पारेका छन् । मुहान नभएको खोला खोला नहुने पनि उनको तर्क छ ।

आफुखुसि प्रयोग गरि कब्जा जमाएको अतिक्रमण हटाउन सफल भएकोमा बालेनलाई बधाई दिंदै नेता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्,“अब राजकुलो ४ मिटर कायम गरि दाँया बायाँ २÷२ मिटर सिमाना सफा गरि १० मिटरलाई बक्स कुलो बनाएर पक्कि मोटर बाटो सडक बनाउँदा बैकल्पिक गुणस्तरीय सडक राम्रो बन्ने र शहर पनि सफा हुन्छ होला ।”

प्रतिक्रिया