१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि


0
Shares

काठमाडौँ, २७ असार । एक वर्षदेखि बस्न नसकेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुँदैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बोलाइएको छ ।

केन्द्रीय समिति बैठक एक वर्ष अघि साउनमा बसेयता अहिलेसम्म बस्न सकेको थिएन । झन्डै एक वर्ष पछि बस्न लागेको बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भातृ सङ्गठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्न बिचार गरिने भएको छ ।

गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ ।

साथै, सङ्गठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने जनाइएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया