३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रधानमन्त्री प्रचण्डले विवादास्पद अभिव्यक्तिबारे स्पष्टिकरण दिएपछि संसद सुचारु


83
Shares

काठमाडौं, २५ असार । संसदको गतिरोध अन्त भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमवार संसदमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टिकरण दिएपछि संसदको गतिरोध अन्त भएको हो ।

प्रचण्डले आफ्नो अभिव्यक्तिको भाषा प्रधानमन्त्रीको जस्तो नभएको बोध गरेको स्वीकार गरे । उनले भविष्यमा यसप्रति सतर्क हुने बताए ।

प्रचण्डले गत हप्ता शीख समुदायका व्यवसायी प्रीतम सिंहसम्बन्धी पुस्तक विमोचनमा विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रीतम सिंहले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको र भारत आउने जाने गरेको बताएका थिए । यसलाई लिएर विपक्षी एमाले राजीनामा माग्दै ५ जुलाई देखि संसद चल्न दिएको थिएन । एमालेले प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री नै भारतले बनाएको भन्ने सन्देश प्रवाह भएकोमा आपत्ती जनाएको थियो ।

संसद सुचारु गर्न प्रचण्डले हिजो र आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका थिए । त्यसपछि उनले आज सदनमा स्पष्टिकरण दिए ।

प्रचण्डले विपक्षीले माग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारे । उनले दुई पटक प्रधानमन्त्री हुँदा नैतिकता देखाएर राजीनामा दिएको स्मरण गराए ।

देशमा दलहरुप्रति जनताले विश्वसनीयता गुमाउँदै गएको यथार्थ मनन गर्न पनि आग्रह गरे । आफू प्रधानमन्त्री भएपछि सुशासनका लागि काम गरेर आशा जागेको दाबी गरे ।

प्रतिक्रिया