२३ भाद्र २०८१, आइतबार | September 8, 2024

दिल्लीमा ‘जनयुद्ध’ को डिजाइन देखि तेस्रो पटक प्रचण्ड प्रधानमन्त्री बन्दासम्मको ग्रान्डडिजाइन


0
Shares

हेमशंकर गिरीः प्रधानमन्त्री प्रचण्डले केही दिन पहिला दिएकाे अभिब्यक्तिलाई लिएर अहिले नेपाली समाजमा गम्भीर बहसकाे बिषय बनेकाे छ र राष्ट्र नै तंरगित अवस्थामा छ । यसै बिषयमा एकातर्फ प्रचण्ड पक्षधर अर्थात दक्षिणपश्चिम रुझान राख्ने र नेपाल भन्ने छुट्टै स्वतन्त्र राष्ट्र नहाेस भन्ने मिशनमा रहेका एउटा तप्का यसकाे बचाउ गरिरहेका पाईन्छ भने अर्काेतर्फ सत्ताधारी दलका केही नेता,अन्य बिपक्षी दल,देशभक्त नागरिकहरुले एउटा कित्ताबाट बिराेध गरिरहेका पाईन्छ ।

यही माैकामा प्रतिसाेध सांध्ने उपयुक्त अबसरकाे रुपमा लिंदै प्रमुख प्रतिपक्षी दलले उक्त अभिब्यक्तिकै कारण देखाइ प्रचण्डलाई प्रम पदबाट राजीनामा गराउनेसम्मकाे अडान राखेका छन । तर जनसंख्याकाे राजनितिद्वारा नेपाललाई कब्जामा लिनेगरी अगाडि सारिएको सबैभन्दा ठुलाे राष्ट्रघाती नागरिकता बिधेयकलाई राजा बीरेन्द्रकाे शासनकालदेखि बिभिन्न ब्यक्ति र दलहरूलाई अगाडि सारी पास गराउने प्रयास गर्दा असफल भएकोमा प्रचण्डहरु शान्तीबार्तामा आउनासाथ २०६३ मंसीर १० मा एउटा कानुन बनाएर ४० लाख भारतीयहरुलाई जन्मसिद्ध नागरिकता दिलाउन सफल भएपश्चात फेरि तिनैका सन्तानहरुलाई बंशजकाे आधारमा र बिवहा गरेर आउनेहरुलाई समेत खुकुलाे ढंगबाट नागरिकता पाउने गरि हालै पुरानै बिधेयक प्रमाणीकरणलाई सर्बाेच्चले समेत बैधानिकता दिएपछिकाे दिनमा नेपाली नागरिकता लिन दर्जनाै जिल्लाहरुमा लागेकाे बिदेशी नागरिककाे भिडमाथि नेपालकाे संसद र नेपाली नागरिककाे आंखा नपुगाेस भन्ने उद्देश्यले सबैकाे ध्यान खिच्नेगरी यस्ता अभिब्यक्ति आएकाेपनि हुनसक्छ ।

 बिगत लामाे समयदेखि बिबादित केही एकाद भ्रष्टाचारका मुद्दामा समेत छानबिन प्रक्रिया अगाडि बढाईएकाेमा जनताकाे साथ पाईरहेकाे महशुस गरि त्यही समर्थनकाे फाइदा उठाएर २०६२/६३ मा दिल्लिमा भएको १२ बुंदे सहमतीलाई पुर्ण कार्यान्वयनमा ल्याई त्यसबाट नेपालकाे राजनिति पुर्णरुपमा भारतकाे अधिनमा रहेकाे र त्यसलाई आम नेपालीलाई सर्ब स्वीकार्य छ भन्ने संदेश प्रवाहकाे लागि खुल्लाम खुल्ला रुपमा बहसमा ल्याई नेपाली नागरिककाे अभिमत बुझ्न र सर्वस्वीकार्य तुल्याउन साथै जनताकाे नाडि छाम्न कै लागि भारतसंग सल्लाहा गरेरै प्रचण्डले उक्त अभिब्यक्ति दिएकाे हुनसक्ने कुरातर्फ भने कसैकाे ध्यान पुगेकाे देखिंदैन । 

         नेपालमा २०५२ फागुन १ काे सुत्रपात र डिजाइन नै भारतमा भएको भन्ने कुरा स्वयं नेपालकाे माओबादी जनयुद्धमा हिंडेका र लागेका नेताहरुले समय समयमा खुलासा गरिरहेका छन । उदाहरणकाे रुपमा भरत दाहालले थुप्रै तथ्यहरु बाहिर ल्याईसक्नु भएको छ तरपनि करिब ६५ प्रतिशत नेपाली  जनताहरुमा पुर्णरुपमा राष्ट्र र राष्ट्रियता सम्बन्धि चेतनाकाे अभावकाे फाईदा अहिले बिदेशी लगायत बिदेशीबाट संचालित दलहरुले उठाईरहेकाे अवस्था छ । चेतना भएका नागरिकहरुलाइपनि कुनै न कुनै प्रकारबाट दलहरुले काबुमा राख्न सफल भएकै कारण आज यतिबिघ्न ढंगले देश मारिंदा आवाज निक्लन सकेकाे छैन । 

 प्रचण्ड बाबुरामहरुले राष्ट्र बिरुद्ध गरेका निम्न षडयन्त्र र घातहरु समेत जनचेतनामा छ जस्ताे लाग्दैन ।

(१) भारतीय पुर्वराजदुत रञ्जित रे ले नेपाललाई भुटानी माेडलमा लैजान ढिला भयाे भनी द काठमाण्डु डिलेमा रिसेटिङ्ग इन टाईज नामक  किताब लेख्छन अनि त्याे किताब मिति २०७८/०७/८ गते साेल्टि हाेटलमा प्रचण्डले बिमाेचन गर्छन र साेही कार्यक्रममा लेखक रे ले प्रचण्डलाई सम्बाेधन गर्दै भन्छन प्रचण्डजि तपाईंले भारतसामु नेपाल लाई भुटानी माेडलमा लैजाने सहमती गर्नु  थियाे खाेई कहिले लैजानु हुन्छ  ।

(२) माओबादी शान्ती प्रकृयामा आउनासाथ नागरिकता बितरणलाई नै पहिलाे सर्त बनायाे । २०६३ मंसीर १० गते नयां कानुन बनाएर बितरण गरेकाे नागरिकता मध्ये खुद भारतीयहरु ४० लाखले नागरिकता लिए र याे कुराकाे पुष्टि स्वयं भारतीय संचारहरु तथा जिम्मेवार ब्यक्तिहरुबाट भईसकेकाे छ ।

(३) माओबादीले नागरिकता सम्बन्धमा राष्ट्रिय आयाेग बनाउ त्यसपछि पाउन पर्ने नेपालीलाई नागरिकता दिउ र नपाउनु पर्नेहरुले पाएकाे खारेज गराैं भन्न किन सकेन  ।

(४)  प्रदेश बनाउंदा पुर्बि तराईदेखि पश्चिम तराईका २२ जिल्लालाई आत्मनिर्णयकाे अधिकार सहितकाे स्वायत्त एक मधेश प्रदेश बनाई अन्तत त्याे प्रदेशलाई जमत संग्रहद्वारा अलग हुन पाउने र बांकी पहाडलाई जातियताकाे आधारमा १३ प्रदेश बनाउन जाेडदार रुपमा किन लागि परेका थिए र  त्याे संभव नभएपछि लुम्बिनी प्रदेशलाई पहाडबाट अलग गराउन किन खाेजेका थिए भन्ने बिषय ।

(५)  माओबादी  पाटिकै बाबुराम भट्टराई प्रधानमन्त्री हुंदा  सार्बभाैम स्वतन्त्र राष्ट्र नेपालकाे अन्तराष्ट्रिय विमान स्थलमा भारतीय एयरमार्शल राख्नेगरी मन्त्रि परिषदकाे निर्णय गरेकाे र  पछि सर्बाेच्चले खारेज गरेकाे बिषय ।

(६) ८२% हिन्दु सनातन भएको राष्ट्रमा धर्मनिरपेक्षताकाे माग किन गरे अनि त्याेभन्दा पहिला कुनै बिबाद थियाे कि थिएन साथै याे मुलुकमा सदियाैंदेखि सामाजिक एवं साम्प्रादायिक सदभाव र धार्मिक सहिष्णुता थियाे कि थिएन ।

(७)  नेपालकाे चन्द्रसुर्य अंकित राष्ट्रिय झण्डा बदल्न किन खाेजे साथै राष्ट्रिय पाेशाक र राष्ट्रिय चिन्हहरु,धर्मसंस्कृति र परम्परामाथि किन साैदाबाजि गर्दै नेपाल देशकाे नाम समेत बदल्न किन काेशिस गरे भन्ने बिषय ।

(८) नेपाल सिंगाे राष्ट्रकाे रुपमा एकीकृत भएको बिषयलाई जातजातीकाे अधिकार जबरवस्त खाेसेकाे भाष्य निर्माण गरि  राष्ट्र निर्माता पृथ्विनारायकाे शालिक ताेडेकाे र राष्ट्रिय एकता दिवस खारेज गराएकाे  बिषय ।

(९)   माओकै नाममा गठन भएको पाटीले माओकै घनिष्ट मित्र महेन्द्रलाई सत्ताेसराप गरी माओ र महेन्द्र मिलेर नेपालकाे जग बलियाे बनाएकाे बिषयलाई सुन्न र सम्झन समेत नचाहेकाे बिषय ।

(१०) पहिलाे संबिधान सभाकाे निर्बाचनबाट ठुलाे दलकने रुपमा अगाडि आएपछि प्रचण्ड नेतृत्वमा बनेकाे सरकारले प्रधानसेनापति रुकमाङगद कटवाल र रथी कुल बहादुर खड्काकाेबीचमा खेली उनिहरुलाई लडाएर नेपाली सेनामा दुई गुट सेना तयार गरि ती दुई गुटबीचमा लडाइँ गराई सैनिक बिद्राेह गराउने र त्यसपछि नेपालकाे राष्ट्रिय सेनालाई छिमेकी मुलुककाे सेनाद्वारा कब्जामा लिनेगरि तयार गरेकाे डिजाइन ।

(११) युद्धको समय संस्कृत किता जलाएकाे  लगायत यस्ता सयाैं प्रश्नहरु छन  ।

                                        

प्रतिक्रिया