१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मोर्चाको पहिलो बैठक आज


0
Shares

काठमाडौं, २३ असार । समाजवादी मोर्चा, नेपालले पहिलो बैठक आज बोलाएको छ । बैठक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज अपराह्न ४ बजे बोालइएको हो ।

बैठकले मुलुकमा विकसित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवम् आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने जानकारी दिनुभयो छ । माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाइमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया