२२ भाद्र २०८१, शनिबार | September 8, 2024

हिक्मतको रिटले बाबुरामको पद जानसक्ने


0
Shares

काठमाडौं, २२ असार । कोशी प्रदेशमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट विपक्षी नेकपा एमालेले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । एमालेको कोशी प्रदेश सभाका संसदीय दलका नेता हिक्मत कार्कीले शुक्रवार रिट निवेदन दर्ता गराएका हुन् ।

रिटमा थापाको मुख्यमन्त्री नियुक्तिलाई असंवैधानिक भनिएको छ । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत समर्थनमा थापा मुख्यमन्त्री भएकोले संविधान विपरित भएको जिकिर गरिएको छ ।

थापा बिहिवार मुख्यमन्त्री नियुक्त भएका थिए । ९३ सदस्य रहेको कोशी प्रदेशमा उनलाई ४७ सांसदको समर्थन छ । जसमा एक मत सभामुखको छ । यो संविधान विपरित हुने एमालेको तर्क छ ।

सभामुख गौतमले मुख्यमन्त्रीको समर्थनका लागि आफूले राजीनामा पनि दिनसक्ने बताएका छन् । यसो भएमा कोशीमा सभामुख विपक्षीले पाउने अवस्था बन्नेछ । यसले बाबुराम गौतमको पद धरापमा परेको छ । यसको छिनोफानो आइतवार तोकिएको पेशीबाट नै हुनसक्छ ।

कोशी प्रदेशको मुख्यमन्त्रीबाट एमालेका हिक्मत कार्की यसै हप्ता हटेका थिए । उनले प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि केन्द्रमा गठबन्धन बनाएका दलहरु एक भएर नयाँ सरकार बनाएका छन् ।

प्रतिक्रिया