४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

गौचन हत्याको ६ वर्षपछि दोषीलाई जन्मकैद


0
Shares

काठमाडौं, २० असार । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको २३ असोज २०७४ मा शान्तिनगरमा गोली हानी हत्या भएको थियो । योजनावद्ध तरिकाले हत्या गरिएपछि गहिरो अनुसन्धान भयो । घटनामा गुण्डानाइके समिरमान बस्नेत संलग्न भएको खुल्यो ।

प्रहरी अनुसन्धानपछि बस्नेत र उनको समूहको पहिचान खुल्यो । प्रहरीले अनुसन्धापछि बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । तर, फैसला भने बल्ल भएको छ ।

बुधवार काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्नेतलाई जन्मकैदको सजाय सुनायो । उनकी पत्नी माया शेरचनलाई १० वर्ष कैद सजाय सुनाएको छ ।

घटनामा सलग्न सोम तामाङलाई १५ वर्षको कैद सजाय सुनाइएको छ । शेरचनसँग धम्की दिई रकम मागिएको र नदिएपछि हत्या गरिएको खुलेको थियो ।

प्रतिक्रिया