प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा नेपाल कमर्श क्याम्पसमा व्यक्तित्व विकास प्रशिक्षण

काठमाडौं, १७ असार । प्राज्ञिक विद्यार्थी परिषद नेपालले जीवन उपयोगी सीपमा आधारित व्यक्तित्व विकास प्रशिक्षण प्रारम्भ गरेको छ । आइतवार नेपाल कमर्श क्याम्पस मीनभवनमा दुई दिने प्रशिक्षणको प्रारम्भ गरेको हो ।
परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालको विशेष उपस्थितिमा प्रशिक्षण प्रारम्भ भएको थियो । कार्यक्रममा परिषदका राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनी पनि सहभागी थिए ।
परिषदले देशका विभिन्न शैक्षिक संघ संस्थाहरुमा व्यक्तित्व विकास प्रशिक्षण गर्दै आएको छ ।