१२ श्रावण २०८१, शनिबार | July 27, 2024

माओवादी नेताको चीन जाने लर्को,गृहमन्त्री श्रेष्ठ पनि जाँदै


0
Shares

काठमाडौं, १० असार । पछिल्लो समय नेकपा माओवादी केन्द्रका नेताहरुले चीन भ्रमण गर्ने क्रम जारी छ । आगामी मंगलबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण जाने भएका छन् ।

श्रेष्ठ ४ दिने भ्रमणका लागि आगामी मंगलबार चीन जान लागेका हुन् । मन्त्री श्रेष्ठसहित ७ जनाको टोली चीनको छेन्दु शहरमा जान लागेको उनको सचिवालयले जनाएको छ ।

श्रेष्ठ छेन्दुमा हुने एक व्यापार मेलामा विशेष अतिथिको रुपमा सहभागी हुनेछन् । भ्रमणको क्रममा मन्त्री श्रेष्ठले विश्वविद्यालयको अवलोकन तथा भ्रमण गर्ने लगायतको कार्यक्रम रहेको छ । उनी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

केही समय अघि पुर्व सभामुख अग्नीप्रसाद सापकोटासहितको ११ जनाको टोलीले चीन भ्रमण गरेर फर्किएको थियो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया